घामका रङहरू
त्यही एउटा घाम मात्र त हो फेरि आउने,
सन्ध्यामा मुख बटारेरै बिदा लिए पनि
बाँकी नफर्किने त जगत नै छ
स्मृतिका हरेक अंशले
दिनरात खाजे पनि ।
हिजो साँझ अस्ताएका घामहरू
तिमी जस्तै सुन्तला रङका देखिए
एकाबिहानै झुल्किएको घामलाई हेरेँ
छुट्याउन सकिनँ, समान देखेँ ।
फरक न घाममा थियो
फरक न तिमीमा थियो
फरक न दुवैको रङमा थियो
डुब्न लागेको अनि
उदाउन लागेको समयले
मलाई अथ्र्याउँदै थिए,
जन्मनु अनि बिदालिनु भनेकै
तिम्रा समान कृत्य हुन्
जसरी अस्ताएर फेरि झुल्किनु अनि
झुल्किएर फेरि अस्ताउनु
घामका नित्य कर्म हुन् ।
झुल्किएको घामले
रापिएरै रङ बदलिए जस्तै
रापिएको घामले पनि
रङ फेर्ने गर्छन् हरेक सन्ध्यामा
शरीरले वस्त्र फेरेझैँ र आत्माले शरीर ।
एक घाम तिमीसँगै अस्तायो
हरेक बिहान मेरा आँखाहरू
सगरका पूर्वी किनारा नियाल्दछन्
घाम फेरि झुल्किन्छ, रापिन्छ अनि अस्ताउँछ
तर तिमी एक पटक पनि फेरि झुल्किएनौ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
-
असममा मनसुनी बाढीको कहर : ५० जनाको मृत्यु, ७ लाखभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण