बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

रुसमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा १० जनाको मृत्यु

शनिबार, १४ पुस २०८०, २१ : ०६
शनिबार, १४ पुस २०८०

मस्को । युक्रेनले पछिल्लो २४ घण्टामा दक्षिण–पश्चिम रुस लक्षित गरेर शृङ्खलाबद्ध रूपमा घातक हवाई आक्रमण गरेको रुसी अधिकारीहरूले बताएका छन् ।

रुसको मन्त्रालयले बेल्गोरोड सहरमा भएको आक्रमणमा परी एक बालकसहित १० जनाको मृत्यु हुनुका साथै ४० भन्दा बढी घाइते भएको जनाएको छ ।

यसअघि रुसको रक्षा मन्त्रालयले युक्रेनबाट प्रहार गरिएका दर्जनौँ क्षेप्यास्त्र र ड्रोन नष्ट गरेको बताएको थियो ।

युक्रेनी सञ्चारमाध्यमले गुप्तचर स्रोतलाई उद्धृत गर्दै रुसमाथि शृङ्खलाबद्ध आक्रमणमा ७० भन्दा बढी ड्रोन प्रयोग गरिएको र सैन्य लक्ष्यमा मात्र आक्रमण भएको जनाएको छ । 

यसैबिच रुसी रक्षा मन्त्रालयले शनिबार जारी गरेको प्रारम्भिक वक्तव्यमा उक्त क्षेत्रमा रातारात १३ वटा क्षेप्यास्त्र नष्ट गरिएको उल्लेख छ ।

ब्रायन्स्क, ओरिओल, कुर्स्क र मस्को क्षेत्रमा ३२ वटा ड्रोन खसालेको बताइएको छ ।

यसैबिच ब्रायन्स्क क्षेत्रका गभर्नरले दुई गाउँलाई निशाना बनाइएको र सन् २०१४ मा जन्मेको एक बालकको हत्या भएको बताएका छन् ।

आक्रमणबाट ५५ घर, दुई निजी व्यवसाय, एक फुटबल मैदान, एक मनोरञ्जन केन्द्र र एक प्रि–स्कुलमा क्षति पुगेको उनले बताए ।

रुसले युक्रेनमा गरेको बमवारिमा ३९ जनाको मृत्यु हुनुका साथै १६० जना घाइते भएपछि उक्त आक्रमण भएको हो । राजधानी किभलगायत थुप्रै सहर प्रभावित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप