रुसमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा १० जनाको मृत्यु
मस्को । युक्रेनले पछिल्लो २४ घण्टामा दक्षिण–पश्चिम रुस लक्षित गरेर शृङ्खलाबद्ध रूपमा घातक हवाई आक्रमण गरेको रुसी अधिकारीहरूले बताएका छन् ।
रुसको मन्त्रालयले बेल्गोरोड सहरमा भएको आक्रमणमा परी एक बालकसहित १० जनाको मृत्यु हुनुका साथै ४० भन्दा बढी घाइते भएको जनाएको छ ।
यसअघि रुसको रक्षा मन्त्रालयले युक्रेनबाट प्रहार गरिएका दर्जनौँ क्षेप्यास्त्र र ड्रोन नष्ट गरेको बताएको थियो ।
युक्रेनी सञ्चारमाध्यमले गुप्तचर स्रोतलाई उद्धृत गर्दै रुसमाथि शृङ्खलाबद्ध आक्रमणमा ७० भन्दा बढी ड्रोन प्रयोग गरिएको र सैन्य लक्ष्यमा मात्र आक्रमण भएको जनाएको छ ।
यसैबिच रुसी रक्षा मन्त्रालयले शनिबार जारी गरेको प्रारम्भिक वक्तव्यमा उक्त क्षेत्रमा रातारात १३ वटा क्षेप्यास्त्र नष्ट गरिएको उल्लेख छ ।
ब्रायन्स्क, ओरिओल, कुर्स्क र मस्को क्षेत्रमा ३२ वटा ड्रोन खसालेको बताइएको छ ।
यसैबिच ब्रायन्स्क क्षेत्रका गभर्नरले दुई गाउँलाई निशाना बनाइएको र सन् २०१४ मा जन्मेको एक बालकको हत्या भएको बताएका छन् ।
आक्रमणबाट ५५ घर, दुई निजी व्यवसाय, एक फुटबल मैदान, एक मनोरञ्जन केन्द्र र एक प्रि–स्कुलमा क्षति पुगेको उनले बताए ।
रुसले युक्रेनमा गरेको बमवारिमा ३९ जनाको मृत्यु हुनुका साथै १६० जना घाइते भएपछि उक्त आक्रमण भएको हो । राजधानी किभलगायत थुप्रै सहर प्रभावित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
-
‘वाम–लोकतान्त्रिक युवा अभियान’मा लागेका असललाई नेकपा (माओवादी)ले गर्यो कारबाही
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
-
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण