थाइल्याण्डमा गाँजाको प्रयोगमा फेरि प्रतिबन्ध लगाउने तयारी
बैंकक । थाइल्याण्डका प्रधानमन्त्री श्रेथा थाभिसिनले गाँजाको प्रयोगलाई फेरि देशमा गैरकानुनी बनाउने बारेमा सोचिरहेको बताएका छन् । ठुलो सङ्ख्यामा युवा गाँजाको लतमा फसेको र यसका कारण देशको भविष्य बरबाद भइरहेको उनको भनाइ छ ।
उनले गाँजालाई स्वास्थ्य र औषधीय प्रयोगमा मात्रै सीमित राख्नुपर्ने बताए । थाइल्याण्डमा दुई वर्षअघि मात्र गाँजामाथिको प्रतिबन्ध हटाइएको थियो। त्यसो गर्ने यो एसियाकै पहिलो देश थियो।
देशमा गाँजा व्यवसायलाई कानुनी मान्यता दिएपछि थाइल्याण्डमा लागु औषधको साम्राज्य फस्टाउन थाल्यो । सन् २०२५ सम्ममा यो उद्योग एक अर्ब डलरभन्दा बढी हुने अनुमान गरिएको छ ।
थाइल्याण्डमा सन् २०२२ को जुनसम्म गाँजा राखेमा ५ वर्षसम्मको सजायको व्यवस्था थियो र त्यसलाई खेती गरे १५ वर्षसम्मको जेल सजाय हुनसक्ने व्यवस्था थियो । जबकि अन्य लागु औषध अपराधमा मृत्युदण्डको सजाय थियो।
थाई राजनीतिमा गाँजा महत्त्वपूर्ण मुद्दा भएको छ। विपक्षी दलले ऐन ल्याउन हतार गरेको भन्दै नियम र निर्देशिकाबारे जनतामा अन्योल सिर्जना भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण