सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
आईपीएलमा आज

पञ्जाब र बैंगलुरु भिड्दै : हार्ने टोलीको प्लेअफ खेल्ने सम्भावना समाप्त

बिहीबार, २७ वैशाख २०८१, ०६ : ५८
बिहीबार, २७ वैशाख २०८१

धर्मशाला । इन्डियन प्रिमियर लिग (आईपीएल) को ५८औँ खेलमा आज पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बैंगलुरुको सामना गर्दैछ । खेल पञ्जाबको घरेलु मैदान धरमशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ । 

यो सिजन पञ्जाब र बैंगलुरुबिचको दोस्रो खेल हुनेछ। पछिल्लो खेलमा बैंगलोर ४ विकेटले विजयी भएको थियो ।

rcb

आज पञ्जाब र बैंगलोर दुवैको सिजनको १२ औँ खेल हुनेछ। दुवै टोलीले ११ खेलमध्ये ४ जित र ७ खेलमा हार बेहोरेका छन् । राम्रो रन रेटका कारण बैंगलुरु सातौँ र पञ्जाब आठौँ स्थानमा छ। आजको खेल जित्ने टोलीले प्लेअफको आशा कायम राख्नेछ भने हार्ने टोली मुम्बईजस्तै लगभग आउट हुनेछन् ।

  • हेड टु हेडमा पञ्जाब अगाडि

हेड टु हेडमा पञ्जाबले बैंगलुरुलाई धेरै पटक हराएको छ तर पछिल्लो दुई खेलमा भने बैंगलुरुले जितेको छ । बैंगलुरुविरुद्ध पञ्जाबले अन्तिम जित सन् २०२२ मा हासिल गरेको थियो, त्यसपछि दुई खेल खेलिएका छन् जसमा दुवै खेल बैंगलुरुले जितेको थियो। 

पञ्जाब र बैंगलुरबिच अहिलेसम्म ३२ वटा आईपीएल खेल भएका छन् । १७ मा पञ्जाब र १५ मा बैंगलुरु विजयी भएको छ । दुवै टोली धर्मशालामा एकपटक मात्र भिडेका छन् ।  सन् २०११ मा भएको खेलमा पञ्जाब १ सय ११ रनले विजयी भएको थियो।

shashank singh

  • पञ्जाबका लागि शशांकको सर्वाधिक रन

पञ्जाबका लागि शशांक सिंह, जोनी बेयरस्टो र प्रभसिमरन सिंह राम्रो लयमा छन् । तीनै जनाले २५० भन्दा बढी रन बनाएका छन् । टोलीका लागि शशांक सिंहले सर्वाधिक ३१५ रन बनाएका छन् । बलिङमा हर्षल पटेल शीर्ष स्थानमा छन् । उनले ११ खेलमा १७ विकेट लिएका छन् ।

  • किंग कोहली

बैंगलुरुको खराब प्रदर्शन यो सिजन पनि जारी छ। तर, टिमका ब्याट्सम्यानहरु उत्कृष्ट फर्ममा छन् । स्टार ब्याट्सम्यान विराट कोहली, कप्तान फाफ डु प्लेसिस र दिनेश कार्तिकले २५० भन्दा बढी रन बनाएका छन् । 

virat

कोहलीको नाममा ५ सय ४२ रन छन् । अहिले कोहली टोली र लिग दुवैको सर्वाधिक रन बनाउने खेलाडी हुन्। टोलीको बलिङ विभागले धेरै निराश बनाएको छ । १० खेलमा १० विकेट लिएर यश दयाल सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

  • पिच रिपोर्ट

हिमाचल प्रदेश क्रिकेट संघ स्टेडियम पञ्जाबको दोस्रो घरेलु मैदान हो। यो सिजन यहाँ दोस्रो खेल हुँदैछ । 

यहाँ हालसम्म कुल १२ आईपीएल खेल खेलिएका छन्। ७ खेलमा पहिले ब्याटिङ गरेको टोलीले र ५ खेल रन पछ्याउने टोलीले जितेको छ । यहाँ उच्चतम टोली स्कोर 232/2 हो, जुन २०११ मा बैंगलुरुविरुद्ध पञ्जाबले बनाएको थियो।

  • मौसमको अवस्था

बिहीबार धर्मशालामा ६१ प्रतिशत पानी पर्ने सम्भावना छ । दिउँसो पानी पर्न सक्छ। आज यहाँको तापक्रम १९ देखि २२ डिग्री सेल्सियसको बिचमा रहनेछ ।

  • दुबै टोलीको सम्भावित प्लेइङ-११

पञ्जाब किंग्स: साम कुरान (कप्तान), जोनी बेयरस्टो, रिले रुसो, जितेश शर्मा (विकेटकिपर), शशांक सिंह, आशुतोष शर्मा, हरप्रीत ब्रार, कागिसो रबाडा, हर्षल पटेल, राहुल चाहर र अर्शदीप सिंह।

इम्प्याक्ट प्लेयर : प्रभसिमरन सिंह।

रोयल च्यालेन्जर्स बैंगलुर: फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, विल ज्याक, क्यामरन ग्रीन, ग्लेन म्याक्सवेल, दिनेश कार्तिक (विकेटकिपर), स्वप्निल सिंह, मोहम्मद सिराज, कर्ण शर्मा, विजयकुमार वैशाख र यश दयाल।

इम्प्याक्ट प्लेयर : रजत पाटीदार।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप