डा. बाबुराम भट्टराईको प्रस्ताव: संयुक्त सरकार बनाऔँ
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानको मूल मर्मलाई रक्षा गरेर नतिजा दिनुपर्ने बताएका छन् ।
उनले संविधान रुपी बिरुवा टाक्सिएर बसेकाले युवाहरु आक्रोशित बनेको समेत बताए । उनले अहिले तँ–तँ र मम भन्ने बेला नभएको भन्दै सबैले लोकतन्त्र र समाजवादमा आधारित शक्ति बनेमात्रै नेपालको लोकतन्त्र सुदृढ गर्ने बताए ।
सोमबार कांग्रेसले मेलमिलाप दिवसका अवसरमार आयोजना कार्यक्रममा बोल्दै डा. भट्टराईले संविधान, नेता र व्यवस्थाप्रति आक्रोश बढेको विषयलाई गम्भीरतापूर्वक लिएर सहमति गर्नुपर्ने बताए । ‘केही गम्भीर त्रुटिहरु छन्, हामीले बनाएको संविधान कार्यान्वयन हुन नसक्नु र त्यसले फल दिन नसक्नुमा कमजोरी छन् त्यसलाई हामीले सच्चाउनतिर र राष्ट्रिय सहमति गर्नतिर लाग्नुपर्छ’, भट्टराईको भनाइ छ ।
उनले राजतन्त्रको भूतबाट तर्सिनुनपर्ने भन्दै शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताए । तत्कालको समस्या समाधान गर्न उनले जर्मनी मोडलमा प्रमुख दलहरुको संयुक्त सरकार बनाउन सकिने पनि बताए । ‘एउटा सबैले मान्ने मान्छेको नेतृत्वमा पाँचै वर्ष सरकार चलाउन न ! नीति तथा कार्यक्रम बनाएर कार्यान्वयनमा जान सकिन्छ’, उनको भनाइ छ ।
त्यसबाहेक उनले स्वीटजरल्याण्डको जस्तो पूर्ण समानुपाती निर्वाचन प्रणाली अपनाएर पनि जान सकिने अर्को प्रस्ताव सुनाए । उनले त्यो गर्न नसक्ने भए प्रत्यक्ष राष्ट्रपति निर्वाचन प्रणालीमा नगए यो देश नबन्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण