हाम्रो मेलमिलाप र भाइचारा देखेर विदेशी छक्क पर्छन् : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका राजनीतिक पार्टी बिचको मेलमिलाप देखेर विदेशीहरू छक्क पर्ने गरेको बताएका छन् ।
४८औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा सोमबार नेपाली कांग्रेसद्वारा आयोजना कार्यक्रममा सभापति देउवाले वैचारिक मतभेद र पार्टीगत मतभेदका बाबजुद दलहरूबिच मेलमिलाप रहेको बताए ।
‘वैचारिक मतभेद र पार्टीगत मतभेद छन् । तर हाम्रो देशमा सबै दलहरू एक ठाउँमा बस्ने राजनीतिक संस्कार बसेको छ । यो सायद धेरै कम देशमा छ,’ उनले भने, ‘मान्छेहरू छक्क पर्छन् । कांग्रेसको जन्म जयन्तीमा अरू पार्टीका नेताहरू देख्दा विदेशबाट आएकाहरू छक्क परेका हुन्छन् ।’
प्रतिस्पर्धाका बाबजुद एक अर्कामा मेलमिलाप र भाइचाराको वातावरण धेरै कम देशमा मात्र रहेका देउवाको भनाइ छ । ‘हाम्रो देशमा देखिएको एकता र मेलमिलापको संस्कारमा बिपी कोइरालाले ल्याएको नीतिको प्रभाव परेको मलाई लाग्छ,’ उनले भने ।
अहिलेको बेलामा देशमा मेलमिलापको आवश्यकता अझै बढेको सभापति देउवाले औँल्याए । ‘अनेकै किसिमका बाहान खोज्नेहरू लोकतान्त्रिक गणतन्त्रको खिलाफमा वातावरण बनाउने प्रयासमा भएको छ । लोकतन्त्रको विकल्प केही हो भने अझ राम्रो लोकतन्त्र हो,’ उनले भने ।
गणतन्त्र र लोकतन्त्रको विकल्प खोज्ने कुरा हुनै नसक्ने देउवाको भनाइ छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रमा सबै पार्टीको बिचमा सहमति छ, एउटा धारणा छ । त्यो नै अत्यन्त महत्त्वपूर्ण छ,’ उनी भन्छन्, ‘उ बेला (२०३३ साल पुस १६) मेलमिलाप राजासँगको मात्र थिएन । सबैसँग मेलमिलाप हो । अहिले राजा हटिसकेको बेलामा पार्टीका बिचमा मेलमिलाप हुने भयो ।’
राजा फेरि फर्काउने कुरा हुनै नसक्ने भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबैले एक हुनुपर्ने उनले बताए । ‘कसैले नसोचे हुन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबै एक हुनुपर्छ । हामी सबैले मिलेर अगाडि बढ्नुपर्छ भन्ने बिपी कोइरालाले दिएको सन्देश हो । हामी एक भएर जाऔँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण