हाम्रो मेलमिलाप र भाइचारा देखेर विदेशी छक्क पर्छन् : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका राजनीतिक पार्टी बिचको मेलमिलाप देखेर विदेशीहरू छक्क पर्ने गरेको बताएका छन् ।
४८औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा सोमबार नेपाली कांग्रेसद्वारा आयोजना कार्यक्रममा सभापति देउवाले वैचारिक मतभेद र पार्टीगत मतभेदका बाबजुद दलहरूबिच मेलमिलाप रहेको बताए ।
‘वैचारिक मतभेद र पार्टीगत मतभेद छन् । तर हाम्रो देशमा सबै दलहरू एक ठाउँमा बस्ने राजनीतिक संस्कार बसेको छ । यो सायद धेरै कम देशमा छ,’ उनले भने, ‘मान्छेहरू छक्क पर्छन् । कांग्रेसको जन्म जयन्तीमा अरू पार्टीका नेताहरू देख्दा विदेशबाट आएकाहरू छक्क परेका हुन्छन् ।’
प्रतिस्पर्धाका बाबजुद एक अर्कामा मेलमिलाप र भाइचाराको वातावरण धेरै कम देशमा मात्र रहेका देउवाको भनाइ छ । ‘हाम्रो देशमा देखिएको एकता र मेलमिलापको संस्कारमा बिपी कोइरालाले ल्याएको नीतिको प्रभाव परेको मलाई लाग्छ,’ उनले भने ।
अहिलेको बेलामा देशमा मेलमिलापको आवश्यकता अझै बढेको सभापति देउवाले औँल्याए । ‘अनेकै किसिमका बाहान खोज्नेहरू लोकतान्त्रिक गणतन्त्रको खिलाफमा वातावरण बनाउने प्रयासमा भएको छ । लोकतन्त्रको विकल्प केही हो भने अझ राम्रो लोकतन्त्र हो,’ उनले भने ।
गणतन्त्र र लोकतन्त्रको विकल्प खोज्ने कुरा हुनै नसक्ने देउवाको भनाइ छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रमा सबै पार्टीको बिचमा सहमति छ, एउटा धारणा छ । त्यो नै अत्यन्त महत्त्वपूर्ण छ,’ उनी भन्छन्, ‘उ बेला (२०३३ साल पुस १६) मेलमिलाप राजासँगको मात्र थिएन । सबैसँग मेलमिलाप हो । अहिले राजा हटिसकेको बेलामा पार्टीका बिचमा मेलमिलाप हुने भयो ।’
राजा फेरि फर्काउने कुरा हुनै नसक्ने भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबैले एक हुनुपर्ने उनले बताए । ‘कसैले नसोचे हुन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबै एक हुनुपर्छ । हामी सबैले मिलेर अगाडि बढ्नुपर्छ भन्ने बिपी कोइरालाले दिएको सन्देश हो । हामी एक भएर जाऔँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय
-
१० बजे १० समाचार : कांग्रेस बैठकमा सरकारको आलोचना, बल्खुबाट ओलीको कटाक्ष
-
नेपालकै पहिलो नवग्रह मन्दिर पुगे कांग्रेस महामन्त्री थापा
-
भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाका लागि वार्ड स्थापना