दाङमा बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु
सोमबार, १६ पुस २०८०, १८ : २९

बुटवल । दाङमा बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको भे१ख ३६९७ नं. को बसले दुधरास विद्यालय कक्षा ३ मा अध्ययनरत ८ वर्षीय उत्तम चौधरीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
तुलसीपुर उपमहानगरपालिका–१७ घर भएका बालकलाई स्कुलबाट घर फर्किने क्रममा विद्यालय अगाडि नै बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । घटनापछि स्थानीयले नाराबाजीसहित ठक्कर दिने गाडी तोडफोड गरेका छन् भने प्रहरीको भ्यानमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्तिशाली सरकारले आम अपेक्षा विपरीत बजेट ल्यायो : सांसद पाण्डे
-
संघीय निजामती सेवा विधेयकसम्बन्धि समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
-
अहमदावाद विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुबाहेक ३३ जनाले पाउलान् क्षतिपूर्ति ?
-
मथुरामा घर भत्किँदा ३ जनाको मृत्यु, धेरै जना पुरिएको आशंका
-
भारतमा बेलायती फाइटर जेटको आकस्मिक अवतरण
-
बजेट प्रस्तुत गर्ने वेला कर्णालीमा सरकार र प्रतिपक्षबिच विवाद, सभा अनिश्चित