सलाह चम्किँदा लिभरपुलको सानदार जित
एनफिल्ड । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुलले सानदार जित निकालेको छ । सोमबार राति सम्पन्न खेलमा मोहम्मद सलाह चम्किदा लिभरपुलले न्यूक्यासल युनाइटेडमाथि ४–२ गोल अन्तरको शानदार जित निकालेको हो ।
घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जिताउनका मोहम्मद सलाहले २ गोल गर्दा कर्टिस जुलियन जोन्स र कोडी म्याथेस गाक्पोले एक-एक गोल थपेका थिए ।
न्यूक्यासलका लागि अलेक्जेन्डर आइज्याक र स्वेन एड्रियान बोटम्यानले एक एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा निस्किएका हुन् ।
४९ औँ मिनेटमा सलाहले डार्विन गेब्रियल नुनेजको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । अलेक्जेन्डर आइज्याकले ५४ औँ मिनेटमा एन्थोनी गोडोनको पासमा गोल गर्दै न्युक्यासलाई १–१ को बराबरीमा ल्याएका थिए ।
७४ औँ मिनेटमा कर्टिस जुलियन डिएगो जोटाको पासमा गोल गर्दै २–१ ले लिभरपुललाई अघि बढाएका थिए । ७८ औँ मिनेटमा सलाहको पासमा कोडी म्याथेस गाक्पोले गोल गरेपछि लिभरपुल ३–१ को अवस्थामा पुगेको थियो ।
८१ औँ मिनेटमा सिन डेभिडन लङस्टाफको पासमा एड्रियान बोटम्यानले गोल गर्दै अन्तर ३–२ मा झारेका थिए । तर, ८६ औँ मिनेटमा सलाहले पेनाल्टीमा गोल गरेपछि लिभरपुल ४–२ को फराकिलो जित निकाल्न सफल भयो ।
जितसँगै शीर्ष स्थानमा रहेको लिभरपुलले ३ अङ्कको अग्रता बनाएको छ । लिभरपुलले २० खेलबाट ४५ अङ्क बनाउँदा दोस्रो स्थानमा रहेको एस्टन भिल्लाको समान खेलबाट ४२ अङ्क रहेको छ । लिभरपुलसँग पराजित भएको न्यूक्यासल भने २९ अंकका साथ नवौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण