डेडलीमा पहिलो पटक सँगै देखिँदै छन् जान्हवी–टाइगर, वरुण भिलेन
नयाँ दिल्ली । टाइगर श्रफ, वरुण धवन र जान्हवी कपुर एउटै फिल्ममा देखिँदै छन् । यी तीन जना करण जौहरको प्रडक्शनमा बन्न लागेको फिल्म डेड्लीमा सँगै आउँदै छन् । फिल्मको निर्देशन राज मेहताले गर्नेछन् । निर्देशक मेहत्ताले यस अघि गूड न्यूज र जुग जुग जियो जस्ता फिल्मको निर्देशन गरिसकेका छन् ।
फिल्मको कहानी अनुराग कश्यपले लेखिरहेका छन् । फिल्ममा पहिलो पटक जोडीको रूपमा जान्हवी र टाइगर आउन थालेका छन् । यो वर्ष जान्हवी कपुरसँग टन्नै फिल्म छन् । जुनियर एनटीआरसँग देवरा, राजकुमार रावको साथमा मिष्टर एन्ड मिसेज माही र गुलशन देवैयाको साथ उलझमा पनि उनले काम गर्नेछिन् । केही दिन अघि दुल्हनिया ३ मा पनि जान्हवी देखिन सक्ने हल्ला चलेको थियो ।
तर वरुणले यो हल्ला मात्रै भएको बताएका छन् । यो फिल्ममा आलिया हिरोइन रहनेछन् । टाइगर भने अक्षय कुमारको साथमा बडे मिया छोटे मिया रिलिजको तयारीमा जुटेका छन् । वरुण धवन भेडिया २, सिटाडेल इन्डिया र तमिल फिल्म थेरीको रिमेकमा देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण