डेडलीमा पहिलो पटक सँगै देखिँदै छन् जान्हवी–टाइगर, वरुण भिलेन

नयाँ दिल्ली । टाइगर श्रफ, वरुण धवन र जान्हवी कपुर एउटै फिल्ममा देखिँदै छन् । यी तीन जना करण जौहरको प्रडक्शनमा बन्न लागेको फिल्म डेड्लीमा सँगै आउँदै छन् । फिल्मको निर्देशन राज मेहताले गर्नेछन् । निर्देशक मेहत्ताले यस अघि गूड न्यूज र जुग जुग जियो जस्ता फिल्मको निर्देशन गरिसकेका छन् ।
फिल्मको कहानी अनुराग कश्यपले लेखिरहेका छन् । फिल्ममा पहिलो पटक जोडीको रूपमा जान्हवी र टाइगर आउन थालेका छन् । यो वर्ष जान्हवी कपुरसँग टन्नै फिल्म छन् । जुनियर एनटीआरसँग देवरा, राजकुमार रावको साथमा मिष्टर एन्ड मिसेज माही र गुलशन देवैयाको साथ उलझमा पनि उनले काम गर्नेछिन् । केही दिन अघि दुल्हनिया ३ मा पनि जान्हवी देखिन सक्ने हल्ला चलेको थियो ।
तर वरुणले यो हल्ला मात्रै भएको बताएका छन् । यो फिल्ममा आलिया हिरोइन रहनेछन् । टाइगर भने अक्षय कुमारको साथमा बडे मिया छोटे मिया रिलिजको तयारीमा जुटेका छन् । वरुण धवन भेडिया २, सिटाडेल इन्डिया र तमिल फिल्म थेरीको रिमेकमा देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय जहाजहरूका लागि पाकिस्तानले बन्द गर्यो आफ्नो बन्दरगाह
-
सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त
-
मेक्सिकोमा अमेरिकी सेना तैनाथ गर्ने ट्रम्पको प्रस्ताव शेनबाउमले गरिन् ठाडै अस्वीकार
-
आज ४ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
प्रहरी विधेयकमा थप नयाँ प्रस्ताव, सीडीओलाई किन यति अधिकार ?
-
नागढुङ्गा नौबिसे सडक विस्तार : यही वैशाख २२ देखि ३१ गतेसम्म पाँच घण्टा बन्द गरिने