संवैधानिक परिषद् भागवण्डा परिषद् भयो : अर्जुननरसिंह केसी
आइतबार, २२ पुस २०८०, १२ : ०५
काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संवैधानिक परिषद् भागवण्डा परिषदमा रूपान्तरण भएको बताएका छन् । आज प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै केसीले संवैधानिक निकायमा सक्षम व्यक्ति नपुग्दा जनतामा निराशा बढिरहेको बताए ।
संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको संशोधनमाथि आफ्नो धारणा राख्दै उनले संवैधानिक निकाय निरीह र असक्षम रहेको बताए ।
संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि विज्ञ टोलीले रोष्टर बनाउनुपर्ने र त्यो रोष्टरबाट उपयुक्त व्यक्तिलाई संवैधानिक परिषद्ले स्वसहमतिले पारित गर्नुपर्ने उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको बैठकमा चार प्रतिवेदनको मस्यौदा पेश
-
कांग्रेस बैठकको निष्कर्ष– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्मा बोल्न दिइएन’
-
दिल्लीका कप्तान पन्तलाई प्रतिबन्ध
-
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी
-
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी
-
अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई