प्रत्युत्तरको पर्खाइमा
कामुक त्यो सिरसिर हावासँगै
तिम्रो सौन्दर्यको वर्णन
वर्षातले निथ्रुक्क झैँ शरीर
मन छेड्ने ती नग्न आँखाहरूले
सधैँ मलाई नै बोलाए झैँ लाग्ने
तिम्रा नसालु हाउभाउ
प्रत्युत्तरको पखाइमा
अविरल प्रतीक्षारत रहने छु ।
आँसुका भेल भुइँमा बज्रिन पुग्दा
मुटु चिरा परे झैँ फटफटी चिरिँदा
तिम्रो सम्झनाका झझल्का
अन्तरात्मामा तितरबितर हुँदा
सम्हलिदिने स्वयं एक्लो भागीदार हुँदो रहेछ ।
सारा सपना यथार्थ हुँदो हो त
निराशाहरू आशामा बदलिँदो हो त
सायद आफ्नो भाग्य आफैँ कोरिदिन्थेँ
बितेका दिनको गन्ती
म कसरी मस्तिष्कमा अटाउन सकुँ
केही गल्ती तिम्रा भए कि
केही भुल मेरै भए झैँ
यो मानसपटलको तराजु
हरदम अन्योलमा पर्न खोजे झैँ
आत्मा चिच्याउँदै लल्कारिरहेछ ।
सिउँदो सजिएकी एउटी कुशल नारी
निधारमा रातो टीका र पोते
अनि गुन्युचोलो नेपाली पहिरन
थामेर हातहरू उसैले सुम्पेर लिऊन्
ज्युँदा स्मृतिहरू बिर्से झैँ गरे पनि
म सम्झन्छु नमरी बाँचे प्यारो मान्छे
प्रत्युत्तरको पखाइमा
अविरल प्रतीक्षारत रहने छु
रातो फूल सिउरेर
उही चौतारोमा कुर्ने छु ।
काठमाडौँ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण