बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

माउन्टेन इनर्जीले १५ प्रतिशत बोनस सेयर दिने

सोमबार, २३ पुस २०८०, १४ : २८
सोमबार, २३ पुस २०८०

काठमाडौँ । माउन्टेन इनर्जी नेपालले लाभग्राही सेयर सदस्यलाई बोनस सेयर दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो । 

कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

प्रस्तावित बोनस सेयर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले १०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप