मिल्स कप क्रिकेट : भारतीय क्लबलाई हराउँदै विराटनगरको एनबीएससी सेमिफाइनलमा
काठमाडौँ । विराटनगरको एनबीएससी क्रिकेट क्लब विराटनगरमा जारी ‘मिल्स कप टी–२० क्रिकेट प्रतियोगिता’ का सेमिफाइनलमा पुगेको छ । मिल्स कपको यो तेस्रो संस्करण हो ।
एनबीएससी क्रिकेट क्लबले बिहीबार खेलिएको पहिलो क्वार्टरफाइनल खेलमा भारत जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई एक सय ३३ रनको फराकिलो अन्तरले हरायो ।
एनबीएससी क्रिकेट क्लबले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा आठ विकेट गुमाएर दुई सय दुई रन बनाएको थियो । एनबीएससी क्रिकेट क्लबका लागि अनुभव श्रीवास्तव र राहुल चौधरीले अर्धशतकीय पाली खेले ।
अनुभवले ४१ बलमा ६ छक्का र ६ चौका हिर्काउँदै ६६ रन बनाए । राहुलले ३१ बलमा पाँच छक्का र ६ चौकाको मद्दतले ६० रन बनाए । राहुल प्लेर अफ दी म्याच पनि घोषित भए । कुनल किशोरले पनि टोलीको खातामा २९ रन थपे । रिसप रञ्जनले २४ रन बनाए ।
जोगवनीका बलर आशिक राजाले चार ओभरमा १९ रन खर्चिएर तीन विकेट लिए । उत्तम यादवले पनि दुई विकेट हात पारे । जवाफी ब्याटिङमा ओर्लिएको जोगवनीले १३.३ ओभरमै अलआउट हुनुअघि ६९ रनमात्र बनाउन सक्यो ।
जोगवनीका लागि राजा बाबुले सर्वाधि २४ रन बनाए । उत्तम यादवले १७ रन जोड । जोगवनीका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । एनबीएससीका बलर आदित्य झा र राहुलले कसिलो बलिङ गरे ।
अदित्यले चार ओभरमा १३ रन खर्चिएर चार विकेट लिए । राहुलले पनि चार ओभरमा १९ रन खर्चिएर चार विकेट लिए । शुक्रबारको पहिलो खेल वाईआरसी क्रिकेट क्लब विराटनगर र सुनसरी क्रिकेट क्बल तथा दोस्रो खेल दिल्ली र कटियार क्रिकेट क्लबबिच हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण