एचआईभी सङ्क्रमित महिलालाई तस्करले निल्न लगाए १ केजी २६० ग्राम कोकिन
काठमाडौँ । युगान्डा घर भएकी ४४ वर्षीया केभिना मुगाला वैशाख ३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिइन् । कतार एयरवेजबाट काठमाडौँ ओर्लिएकी उनीमाथि लागु औषध नियन्त्रण ब्युरोबाट विमानस्थलमा खटिएका प्रहरीले शङ्का गरे । ब्युरोका प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–९ सिनामंगलबाट पक्राउ गरे ।
प्रहरी अस्पतालमा लगेर चेकजाँच गर्दा उनले लागु औषध कोकिन निलेर आएको पुष्टि भएको छ । मुगालाको पेटबाट १ केजी २६० ग्राम कोकिन संकलन गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसएसपी गोविन्द थपलियाले पत्रकार सम्मेलन गरेर जानकारी दिए । उनको पेटबाट ९० वटा कोकिनका क्याप्सुल निकालिएको छ ।
मुगाला एचआईभी सङ्क्रमित हुन् । लागु औषध तस्करले सङ्क्रमित महिलालाई लोभ देखाएर ‘भरिया’ बनाएर काठमाडौँ पठाएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । उनी इथियोपियाबाट कोकिन निलेर कतार हुँदै काठमाडौँ ओर्लिएकी हुन् । उनको अहिले प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।
मुगालासहित ३ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुगाला, युगान्डाकै लिलियन सुशान वानयेन्जे र भारतीय महिला ३३ वर्षीया देवाजनी पाल छन् ।
लिलियन पनि कतार हुँदै काठमाडौँ आएकी हुन् । चकलेटको खोलमा लुकाएर ल्याएको अवस्थामा प्रहरीले उनको साथबाट १ केजी ३९४ ग्राम कोकिन बरामद गरेको छ । सुटकेसभित्र स्निकर चकलेटमा लुकाएर ल्याएको ६३ वटा क्याप्सुल बरामद गरिएको एसएसपी थपलियाले बताए । उनले भने, ‘दुई जनाको साथबाट २ केजी ६५४ ग्राम कोकिन बरामद गरेका छौं ।’
इथियोपियाबाट पठाएको कोकिन लिन भारतबाट काठमाडौँ आएकी हुन्, देवाजनी पाल । भारतबाट बुटवल र पोखरा हुँदै काठमाडौँ आएपछि उनलाई पक्राउ गरिएको एसएसपी थपलियाले जानकारी दिए । कोकिन पठाउने मुख्य तस्करको बारेमा ब्युरोले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण