अपराध
काठमाडौँमा बरामद कोकिनको मूल्य ७ करोड ९६ लाख
बिहीबार, ०३ जेठ २०८१, १५ : ११
काठमाडौँ । लागु औषध नियन्त्रण ब्युरोले इथियोपियाबाट आएका दुई जना महिलाबाट २ केजी ६५४ ग्राम लागुऔषध बरामद गरेको छ । कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर भएका केभिना मुगाला र लिलियन सुशान वानयेन्जेबाट कोकिन बरामद गरिएको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले रातोपाटीलाई बताए ।
बरामद कोकिनको बजार मूल्य ७ करोड ९६ लाख पर्ने मूल्याङ्कन गरिएको छ । कोकिन लिन भारतबाट आएकी ३३ वर्षीय देवाजनी पाल पनि पक्राउ परेकी छन् । मुगालाले पेटमा निलेर र लिलियनले चकलेटमा लुकाएर लागु औषध काठमाडौँमा ल्याएका हुन् ।
कारोबारीहरूले सो लागु औषध भारतमा पठाउन काठमाडौँलाई ट्रान्जिट बनाएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण