मानसिक रूपमा आफूलाई बलियो बनाउन चाहनु हुन्छ ?
काठमाडौँ । हरेक परिस्थितिमा खुसी रहने मान्छेहरू कमै हुन्छन् । जित होस् वा हार, पीडा होस् या सुख हरेक अवस्थाले खासै असर नगर्ने यस्ता मानिसहरूलाई मानसिक रूपमा बलियो मानिन्छ ।
जीवनमा अनेकौँ खालको चुनौती र उतारचढाव आउँछन् । यस्ता हरेक चुनौती र उतारचढावको डटेर सामना गर्न अनि पार गर्न व्यक्ति मानसिक रूपमा बलियो हुन जरुरी छ । मानसिक रूपमा बलियो व्यक्तिका केही बानी हुन्छन्, जसले उनीहरूलाई अरू मान्छेबाट भिन्न देखाउँछ ।
जीवनमा अगाडि बढ्ने :
मानसिक रूपमा बलिया मानिसहरू जिन्दगीमा अगाडि बढ्न सफल हुन्छन् । यिनीहरू कि तागतपूर्ण जीवन बिताउँछन् कि आफैँलाई साबित गर्न सक्ने चुनौतीहरू खोज्छन् । उनीहरू विगतबारे धेरै सोच्दैनन् । जीवनमा अगाडि आफ्नो लागि के–के छ भनेर खोज्छन् ।
परिवर्तनलाई स्वीकार गर्छन्:
परिवर्तनलाई स्वीकार गर्ने क्षमताले नै मानसिक रूपमा बलियो मान्छेलाई सामान्य मान्छेबाट अलग देखाउँछ । यस्ता व्यक्तिहरू जीवनमा आउने हरेक परिवर्तनलाई स्वीकार गर्छन् । परिवर्तनको विरोध गर्नुको सट्टा यसको स्वागत गर्छन् । यिनीहरू परिवर्तनलाई विकास वा सुधारको रूपमा हेर्छन् ।
खुसी रहने:
यस्ता मान्छेहरू सधैँ आशावादी र सन्तुष्ट रहन्छन् । उनीहरू नकारात्मक कुरामा धेरै ध्यान दिँदैनन् । सत्य तथ्यको सामना गर्छन् । यिनीहरू आफूमा रहेको कमीकमजोरी र जीवनको नकारात्मक पाटो पनि स्वीकार गर्छन् । तर यी कुराहरूलाई आफूमाथि हाबी हुन भने दिँदैनन् । कुनै पनि कुरा वा स्थितिमा सन्तुष्ट रहनु नै मानसिक शक्तिको सङ्केत हो ।
जोखिम उठाउने इच्छा:
यिनीहरूले खतराको सामना गर्छन् । जोखिम उठाउन डराउँदैनन् । सोचेर सम्झेर फैसला लिन्छन् । उनीहरूको यस्तै दृष्टिकोणले नै जीवनको चुनौती पार गर्न मद्दत गर्छ ।
आफू अनि भविष्यमाथि लगानी:
भविष्यका लागि आफ्नो बारेमा सोच्नु मानसिक रूपमा मजबुत व्यक्तिहरूको प्राथमिकता हुन्छ । उनीहरू सक्रिय रूपमा भविष्यबारे योजना बनाउँछन् । यिनीहरू हरेक चुनौतीलाई स्वीकार गरेर आफूलाई भविष्यका लागि तयार गर्छन् । यी सबै कुराले उनीहरूको व्यक्तिगत विकासमा सहयोग पुर्याउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण