सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशीहरूलाई आकर्षित गर्न साउदी अरबले ल्यायो नयाँ भिसा योजना

बिहीबार, २६ पुस २०८०, १५ : ३२
बिहीबार, २६ पुस २०८०

दुबई । साउदी अरबले बिहीबार नयाँ भिसा कार्यक्रम लन्च गरेको छ । तेलमाथि अर्थतन्त्रको निर्भरतालाई कम गरेर अर्थतन्त्रमा विविधीकरण गर्ने सरकारी योजना अनुसार विदेशी दक्ष कामदारहरू र लगानी आकर्षित गर्न नयाँ कार्यक्रम ल्याइएको हो ।

‘रोजगारीको नयाँ अवसर सृजना अनि ज्ञान स्थानान्तरणमार्फत देशको आर्थिक रूपान्तरणलाई डोर्‍याउन यो पहल लक्षित छ,’ विज्ञप्तिमा भनिएको छ । पाँच नयाँ प्रिमियम कार्यक्रम विशेष गरी स्वास्थ्य हेरचाह, खेलकुद र रियल स्टेट समेत पेसाकर्मीहरूका लागि लक्षित गरेर ल्याइएको छ ।

यी भिसामा साउदी अरब आउनेले व्यवसाय गर्ने, आफ्नो स्वामित्वमा घर जग्गा किन्ने र भिसा बाहक एवम् उसका परिवारका सदस्यको लागि वर्क पर्मिट लिने जस्ता अवसरहरू पाउनेछन् । सन् २०३० सम्ममा तेलमाथि साउदी अर्थतन्त्रको निर्भरता कम गरेर आर्थिक कायापलट गर्ने क्राउन प्रिन्स मोहम्मद बिल सलमानको भिजन २०३० अन्तर्गत यो कदम चालिएको हो ।

यसमा प्रत्यक्ष लगानी अन्तर्गत अर्बौ डलर विदेशी लगानी भित्र्याउने योजना पनि छ । खाडी क्षेत्रको व्यापार र व्यावसायिक हब योजनासहत साउदी र संयुक्त अरब इमिरेट्सबिच प्रतिस्पर्धा चर्किएकै बेला साउदीले नयाँ भिसा कार्यक्रम ल्याएको हो । हालैका वर्षमा युएईका अधिकारीहरूले विश्वभरबाट अति धनाढ्यहरूलाई युएईमा भित्र्याउन सुनौलो भिसा प्रणाली ल्याउने पहलहरू गरेका थिए

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप