सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रिमियर लिग : बर्नली र लुटन टाउनले अङ्क बाँडे

शनिबार, २८ पुस २०८०, ०९ : १५
शनिबार, २८ पुस २०८०

काठमाडौँ । प्रिमियर लिग फुटबलमा बर्नली र लुटन टाउनले बराबरी खेलेका छन् । शनिबार बिहान सकिएको खेलमा दुवै टोलीले एक–एक गोलका बराबरी खेल्दै अङ्क बाँडेका हुन् । 

बर्नलीका लागि जेकी आमदौनी र लुटन टाउनका कार्लटन मोरिसले एक–एक गोल गरे ।  खेलको ३६औँ मिनेटमा बर्नलीका जेकीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफको इन्जुरी समयमा लुटन टाउनका मोरिसले गोल गर्दै टोलीलाई हारबाट जोगाएका थिए । उता बर्नलीे सुरुवाती अग्रता जोगाउन नसक्दा अङ्क बाँड्न बाध्य भयो ।

जारी लिगमा २१ खेल खेलेको बर्नली १२ अङ्कका साथ अन्तिमबाट दोस्रो १९औँ स्थानमा छ । २० खेल खेलेको लुटन टाउन १६ अङ्क जोडेर १८औँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप