माओवादी स्थायी कमिटी बैठक
माओवादी–नेसपा एकताको बाटो खुल्यो, प्रचण्डको नेतृत्वमा एकता समिति
शनिबार, २८ पुस २०८०, १७ : २४
काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बिच एकता अघि बढाउन बाटो खुलेको छ । माओवादीको तर्फबाट एकता संयोजन समिति बनाउन ढिलाइ हुँदै आएको बेला शनिबार बसेको स्थायी कमिटी बैठकले आवश्यक निर्णय गरेको छ ।
स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको माओवादी प्रवक्ता अग्नि सापकोटाले बताए ।
नेसपाले यसअघि नै बाबुराम भट्टराईको नेतृत्वमा एकता संयोजन समिति बनाइसकेको छ । ‘पार्टी एकताको विषयमा छलफल भएको थियो, पार्टीको एकताको विषयमा चाहिँ पार्टी एकता संयोजक समिति बनाउन वातावरण बनाउने र पार्टी एकता संयोजन समिति पार्टी अध्यक्ष सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा बनाउने निर्णय भएको छ’, सापकोटाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण