हाइकिङमा रमाउँदै पौडेल
बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल राष्ट्रिय युवा सङ्घ नेपाल रुपन्देही जिल्ला कमिटीले आयोजना गरेको हाइकिङमा सहभागी भएका छन् । शनिबार आयोजित हाइकिङलाई रुपन्देही २ का सांसदसमेत रहेका पौडेलले अगुवाइ गरेका हुन्।
बुटवलको उपमहानगरपालिका वार्ड ३ गोलपार्कको बमघाटबाट पौडेलले अन्य पार्टी नेताहरूसहित करिब ३ घण्टा पदयात्रा गर्दै पाल्पाको वसन्तपुर पुगेका थिए । पौडेलसँगै राष्ट्रिय सभा पूर्व सदस्य खिमलाल भट्टराई, एमाले रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसी लगायत नेताहरू हाइकिङमा सहभागी थिए ।

नेता पौडेलले भिर पाखा, झाडीहरू, काँडा घारी लगायतका अप्ठ्यारो अवस्थाहरूलाई पार गर्दै वसन्तपुर आइपुगेको अनुभव सुनाए । पैदल यात्राका क्रममा उनले ४३ वर्ष अघिको क्षणलाई पनि उनले सम्झेका थिए। त्यो बेला जेल ब्रेकपछि पाल्पा जाने क्रममा प्रहरी प्रशासनको आँखा छल्न उनी वसन्तपुर आएका थिए । तर अहिले पर्यटन प्रवर्द्धनको उद्देश्यका साथ उकालो यात्रा गरेको खुलाए । वसन्तपुर पुगेपछि केबलकार चढेर पौडेलसहित नेता बुटवलका गोलपार्कस्थित बमधाटमा झरेका थिए ।
यता समृद्धिको लागि पर्यटन प्रवर्द्धन भन्ने नारासहित हाइकिङ आयोजना गरेको युवा सङ्घ रुपन्देहीका अध्यक्ष विकासजंग बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
-
आजदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण