बरहथवामा कार्यरत डीएपीको सरुवा, नयाँ इन्चार्जमा मुक्तिनाथ सापकोटा
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सर्लाही स्थित इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत डिएसपीलाई सरुवा गरेको छ । डिएसपी गङ्गा थापालाई काज सरुवा गरेर उनको स्थानमा मुक्तिनाथ सापकोटालाई पठाइएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
नगर अस्पताललाई स्तरोन्नति गरेर प्रदेशलाई हस्तान्तरण गर्ने विषयमा विवाद हुँदा पुस २० मा प्रहरीले चलाएको गोली लागेर जयशंकार शाहको मृत्यु भएको थियो । सो घटनाका कारण डिएसपी गङ्गा थापालाई प्रहरी प्रधान कार्यालयले जिम्मेवारी मुक्त गरेको हो ।
बरहथवामा इन्चार्जको रूपमा खटाइएका डिएसपी सापकोटा सिन्धुली स्थित दुधौली तालिम केन्द्रमा कार्यरत थिए । जयशंकरको मृत्युपछि आन्दोलनरत पक्ष र स्थानीय प्रशासनबिच ११ बुँदे सहमति भएको छ ।
सहमति सँगै पाँचदलीय गठबन्धनले आन्दोलनका कार्यक्रम स्थगित गरेका थिए । नेपाली कांग्रेस, जसपा, लोपसा र जनमत पार्टी सहित ५ दलले अस्पतालको विषयलाई लिएर आन्दोलन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल
-
गाउँपालिकाले बनाइदियो भेडापालक किसानलाई खोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण