एक्लै बस्नुका फाइदा
काठमाडौँ । हिजोआज जिन्दगीमा खाली बस्नु, फुर्सदिलो हुने त सपना जस्तै भएको छ ।
हरेक मान्छे आ–आफ्नै भाग दौडमा व्यस्त छ । कोही आफ्नो काममा अल्झिएका छन्, कोही केमा । एक क्षण मात्रै फुर्सद भयो भने हामी कि फोन उठाएर चलाउन थाल्छौँ कि आसपासको संसारबाट आफूलाई पृथक् गरेर बस्छौँ ।
यस्तो समय आफैँलाई दिने हो भने हामी कयौँ चिन्ता र समस्याबाट मुक्त रहन सक्छौँ ।
दिनहुँको भाग दौडका कारण हामी चिडचिडे भएका हुन्छौँ । केही त डराउने र बेचैन रहन पनि थाल्छन् । यी सबै समस्याको उपचार भनेको आफ्नो साथमा एक्लै बस्नु नै हो । आफ्नो लागि समय निकाल्दा सामाजिक दबाबबाट मुक्त भइन्छ । आफ्नो विचार, भावना र अनुभव बुझ्ने मौका मिल्दछ । एक्लै रहनु हाम्रो व्यक्तिगत वृद्धि विकासका लागि पनि आवश्यक छ । अर्को व्यक्तिको आवश्यकता, रुचि र विचारबारे चिन्ता गर्नुको साटो एक्लै भएको समयमा आफ्नैबारे सोच्ने अवसर मिल्दछ ।
मान्छे सामाजिक प्राणी हो । सामाजिक सम्बन्धहरू हाम्रो विकासका लागि जरुरी छ । तर एक्लै समय गुजार्दा मानसिक स्वास्थ्यमा सकारात्मक असर पर्दछ ।
यसले हाम्रो सृजनशीलतालाई बढाउँछ । जो मान्छे एक्लै बस्छ उनीहरूको सामाजिक जीवन वास्तवमा समृद्ध हुने अनुसन्धानकर्ताहरूले फेला पारेका छन् । अर्को व्यक्तिसँग रहने मान्छेको तुलनामा यिनीहरूमा सामाजिक ऊर्जा धेरै हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण