धुम्बाराहीबाट भोलि बूढानीलकण्ठ निवास सर्दै देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा धुम्बाराहीबाट आफ्नो निवास बुढानीलकण्ठ गर्ने भएका छन् । करिब १३ महिना धुम्बाराहीस्थिति कूटनीतिज्ञ कुलचन्द्र गौतमको घरमा भाडामा बसेका देउवा भोलि (बुधबार) बूढानीलकण्ठस्थित आफ्नो निवासमा सर्न लागेका हुन् ।
प्रधानमन्त्रीबाट पदमुक्त भएपछि गत वर्ष पुष १३ मा देउवा बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका थिए ।
सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बुढानीलकण्ठको निवासको मर्मत कार्य सकिएपछि भोलि (बुधबार) देउवा धुम्बाराहीको भाडाको घर छोड्न लागेको छन् ।
भानुले रातोपाटीसँग भने, ‘धुम्बाराहीबाट भोलि सर्दै छौँ । बुढानीलकण्ठमा मर्मतको काम सकिएपछि भोलि सर्नै लागिएको हो ।’ छोरोको बिहेअघि देउवा आफ्नो निवास बूढानीलकण्ठमा सर्न लागेको छन् । देउवाका छोरा जयवीरसिंहले यही माघ २१ गते शिवाना श्रेष्ठसँग विवाह गर्न लागेको बुझिएको छ । उनका अनुसार इन्गेजमेन्ट भएको आठ महिनापछि जयवीरसिंह र शिवाना वैवाहिक बन्धनमा बाँधिन लागेका छन् ।
काठमाडौंमा गत जेठ १ मा दुई परिवार र केही साथीहरू उपस्थित समारोहमा जयवीरले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्जिदमा भएको आक्रमणमा परी नाइजेरियामा ४४ जनाको मृत्यु
-
पूर्वविशिष्टहरुलाई सुविधा दिन हुँदैनः स्वास्थ्यमन्त्री
-
कृषिमा आयात प्रतिस्थापन गर्न यान्त्रिकीकरणमा जोड दिँदैछौँ– मन्त्री अधिकारी
-
पुर्खाको थलो गोरखा आउन पाउँदा निकै खुसी लाग्यो : पूर्वराजा शाह
-
जनमत पार्टी सांसदका श्रीमान् नै जसपा नेपाल प्रवेश
-
आर्थिक समृद्धिका लागि पानीको उपयोग गर्नुपर्छः उर्जामन्त्री