धुम्बाराहीबाट भोलि बूढानीलकण्ठ निवास सर्दै देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा धुम्बाराहीबाट आफ्नो निवास बुढानीलकण्ठ गर्ने भएका छन् । करिब १३ महिना धुम्बाराहीस्थिति कूटनीतिज्ञ कुलचन्द्र गौतमको घरमा भाडामा बसेका देउवा भोलि (बुधबार) बूढानीलकण्ठस्थित आफ्नो निवासमा सर्न लागेका हुन् ।
प्रधानमन्त्रीबाट पदमुक्त भएपछि गत वर्ष पुष १३ मा देउवा बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका थिए ।
सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बुढानीलकण्ठको निवासको मर्मत कार्य सकिएपछि भोलि (बुधबार) देउवा धुम्बाराहीको भाडाको घर छोड्न लागेको छन् ।
भानुले रातोपाटीसँग भने, ‘धुम्बाराहीबाट भोलि सर्दै छौँ । बुढानीलकण्ठमा मर्मतको काम सकिएपछि भोलि सर्नै लागिएको हो ।’ छोरोको बिहेअघि देउवा आफ्नो निवास बूढानीलकण्ठमा सर्न लागेको छन् । देउवाका छोरा जयवीरसिंहले यही माघ २१ गते शिवाना श्रेष्ठसँग विवाह गर्न लागेको बुझिएको छ । उनका अनुसार इन्गेजमेन्ट भएको आठ महिनापछि जयवीरसिंह र शिवाना वैवाहिक बन्धनमा बाँधिन लागेका छन् ।
काठमाडौंमा गत जेठ १ मा दुई परिवार र केही साथीहरू उपस्थित समारोहमा जयवीरले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
-
इन्द्रसरोवरमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, १८ घाइते
-
दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो पिकअप गाडी एकआपसमा ठोक्किएर दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण