सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

माओवादी विधान अधिवेशन : प्रतिनिधिबाटै १३ लाख उठाउँदै

बुधबार, ०३ माघ २०८०, १२ : ०४
बुधबार, ०३ माघ २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले विधान अधिवेशनका क्रममा प्रतिनिधिबाटै १३ लाख रुपैयाँ उठाउने लक्ष्य लिएको छ । माओवादीको आगामी फागुन १ देखि ३ गतेसम्म राजधानीको कमलादीमा हुने तय भएको विधान अधिवेशनमा प्रतिप्रतिनिधि १ हजारका दरले प्रवेश शुल्क लिने निर्णय भएको हो । 

विधान अधिवेशनमा केन्द्रीय सदस्यहरू, वैकल्पिक केन्द्रीय सदस्यहरू, केन्द्रीय सल्लाहकारहरू, केन्द्रीय ज्येष्ठ  कम्युनिस्ट मञ्चका सदस्यहरू, केन्द्रीय आयोगका सदस्यहरू, प्रदेश समितिका  पदाधिकारीहरू, जिल्ला संयोजकहरू, महानगरका अध्यक्षहरू, केन्द्रीय विभागका सचिवहरू,  केन्द्रीय ज.व.स./मोर्चाका प्रमुखहरू प्रतिनिधिहरू हुनेछन् ।  

प्रतिनिधिहरूले हल प्रवेश गर्नुभन्दा पहिले आफूले बुझाउन बाँकी लेवी र प्रवेश शुल्क अनिवार्य रूपमा बुझाउनु पर्ने माओवादीको भनाइ छ । 

विधान अधिवेशनअघि माओवादीले तल्ला कमिटीहरूमा मस्यौदा विधान–२०८० माथि छलफल चलाउने जनाइएको छ । सो पार्टीले मातहतका कमिटीमा पठाएको सर्कुलरअनुसार वडा, पालिका, जिल्ला र प्रदेश स्तरमा मस्यौदा विधानमाथि माघ २१ गतेसम्म व्यापक छलफल चलाउने छ । त्यसपछि लिखित सुझाव केन्द्रीय कार्यालयमा माघ २४ गतेभित्र अनिवार्य रूपमा  पठाउनु पर्ने माओवादीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप