माओवादी विधान अधिवेशन : प्रतिनिधिबाटै १३ लाख उठाउँदै
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले विधान अधिवेशनका क्रममा प्रतिनिधिबाटै १३ लाख रुपैयाँ उठाउने लक्ष्य लिएको छ । माओवादीको आगामी फागुन १ देखि ३ गतेसम्म राजधानीको कमलादीमा हुने तय भएको विधान अधिवेशनमा प्रतिप्रतिनिधि १ हजारका दरले प्रवेश शुल्क लिने निर्णय भएको हो ।
विधान अधिवेशनमा केन्द्रीय सदस्यहरू, वैकल्पिक केन्द्रीय सदस्यहरू, केन्द्रीय सल्लाहकारहरू, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्यहरू, केन्द्रीय आयोगका सदस्यहरू, प्रदेश समितिका पदाधिकारीहरू, जिल्ला संयोजकहरू, महानगरका अध्यक्षहरू, केन्द्रीय विभागका सचिवहरू, केन्द्रीय ज.व.स./मोर्चाका प्रमुखहरू प्रतिनिधिहरू हुनेछन् ।
प्रतिनिधिहरूले हल प्रवेश गर्नुभन्दा पहिले आफूले बुझाउन बाँकी लेवी र प्रवेश शुल्क अनिवार्य रूपमा बुझाउनु पर्ने माओवादीको भनाइ छ ।
विधान अधिवेशनअघि माओवादीले तल्ला कमिटीहरूमा मस्यौदा विधान–२०८० माथि छलफल चलाउने जनाइएको छ । सो पार्टीले मातहतका कमिटीमा पठाएको सर्कुलरअनुसार वडा, पालिका, जिल्ला र प्रदेश स्तरमा मस्यौदा विधानमाथि माघ २१ गतेसम्म व्यापक छलफल चलाउने छ । त्यसपछि लिखित सुझाव केन्द्रीय कार्यालयमा माघ २४ गतेभित्र अनिवार्य रूपमा पठाउनु पर्ने माओवादीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण