एलओडी क्लब फेरि ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा पर्यो
काठमाडौँ । ठमेलस्थित एलओडी क्लब ‘लर्ड अफ द ड्रिंक्स’ डिजे म्याग टप १०० को नोमिनेसनमा परेको छ । बेलायतको मासिक पत्रिका डिजे म्यागले विश्वभरका सय उत्कृष्ट डिजे क्लबको छनौट गर्ने गर्दछ । सन् २०२४ को लागि विश्वभरका उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी पुनः परेको हो ।
सन् २०२२ का लागि ‘एलओडी’ विश्वकै उत्कृष्ट क्लबमध्ये ५२औँ स्थानमा प्रवेश गरेको थियो भने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४९औँ स्थानमा परेको हो । यस वर्ष पनि विश्वभरका १०० उत्कृष्ट क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न अपिल गरेको छ ।
एलओडी डिजे म्याग टप १०० को छनौटका लागि नोमिनेशनमा पर्दा नेपालको नाम सँगसँगै जोडिने भएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए । यसपटक क्लब अझै माथि उक्लिन सक्ने विश्वास लिएको कुँवर बताउँछन् । क्लब, डिजे म्युजिक प्रेमीहरुको लागि हामीले पूर्वाधार, सुरक्षा व्यवस्था तथा डिजे कलाकारको राम्रो व्यवस्था गरिरहेको निर्देशक कुँवरले जानकारी दिए । एलओडीले नेपालमा पारिवारिक क्लबिंग अनुभवको नयाँ आयाम थप्दै गएको कुँवर बताउँछन् । क्लबलाई उत्कृष्ट स्थानमा पार्न सबै जनाको साथ र सहयोग आवश्यक रहेको कुँवरले जानकारी दिए ।
भोटको तरिका

फोटोमा रहेको क्युआरलाई स्कयान गर्ने र त्यस पस्चात डिजे म्यागको वेबसाइट खुल्दछ । भोट गर्नका लागि पुनः फेसबुक वा गुगलको अप्सन आउँछ । डिजे म्यागको १०० क्लब आएपछि तल पट्टिको भागमा ’इट्स कुल लेट्स गो’ मा क्लिक गर्नुपर्छ । प्रयोगकर्ताले भोट गर्न आफ्नो देशको नाम, शहर साथै नामसहित सबै उल्लेख गर्ने अप्सन प्राप्त गर्छन् । अन्त्यमा पुनः अर्को अप्सनमा क्लबको सबै चरणमा एलओडी क्लबको नाम लेख्दै शहरमा काठमाडौं नाम उल्लेख गर्नुपर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : सर्यो मतदानको समय
-
मेसीबारे प्रश्नमा रोनाल्डोको जवाफः मलाई कुनै वास्ता छैन
-
१४ गाउँपालिकाले ल्याएनन् समयसीमाभित्र बजेट, अध्यक्षको अस्वस्थतादेखि सहमति अभावसम्म
-
ओमप्रसाद पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
लहान नगरपालिकाले ल्यायो एक अर्ब ३८ करोडको बजेट
-
मकवानपुरका १० मध्ये ९ वटा स्थानीय तहले ल्याए बजेट, प्राथमिकतामा पूर्वाधार, शिक्षा र कृषि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण