संविधानले दिएका अधिकार जनतासम्म पुर्याउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छः नेता सिंह
मोरङ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले ०४६ को परिवर्तनपछि प्राप्त भएका उपलब्धी उल्टाउने खेल भइरहेको बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङले आयोजना गरेको भेटघाट कार्यक्रम नेपाली कांग्रेस जिल्ला पार्टी कार्यलय बिराटनगरमा बोल्दै नेता सिंहले संविधानसभाबाट बनेको संविधान आम नागरिकले उपयोग गर्ने अवस्था बनाउनु कांग्रेसको जिम्मेवारी भएको बताए ।
संघीय लोकतान्त्रीक गणतन्त्रात्मक समावेशी संविधान कांग्रेसको नेतृत्वमा जारी भएको भन्दै उनले संविधानले दिएका अधिकार जनतासम्म पुर्याउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए । उनले परिवर्तन विरोधीहरूले त्यसलाई समाप्त पार्न पहिला कांग्रेसलाई कमजोर पार्न चाहिरहेको भन्दै पार्टी बलियो बनाउनुपर्नेमा जोड दिँदै अस्वस्थ प्रतिस्पर्धाले कहीँ नपुगिने बताए ।
सिंहले कोशी प्रदेशबाट उमेदवार रहेका गठबन्धन उमेदवार जिताउनका लागि लाग्न आग्रह पनि गरे । उनले कांग्रेस उमेदवार कृष्ण सिटौलालाई भेटेरै कोशी प्रदेशको अवस्थाबारे जानकारी लिँदै जितको शुभकामना समेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँपालिकाले बनाइदियो भेडापालक किसानलाई खोर
-
बन्द हुँदै चिया उद्योग, समस्यामा किसान
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण