सिक्लेसमा आजदेखि सिनेमा संवाद
आइतबार, ०७ माघ २०८०, ०९ : ११
पोखरा । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आजदेखि सिनेमा संवाद हुँदैछ । चलचित्र क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे छलफल हुने छ । ३ वटा सेसनमा कार्यक्रम हुनेछ । कार्यक्रममा सिनेमा र सरकारले यसअघि गरेका काम र भोलि गर्नुपर्ने काममाथि छलफल हुन्छ ।
छलफलमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, अभिनेत्री दिपाश्री निरौला र निर्देशक आकाश अधिकारीले प्रकाश सुवेदीसँग बहस गर्नेछन् । अर्को संवाद नेपाली सिनेमाको स्वादबारे हुनेछ । दिया मास्के, अनुप बराल र मनोज पण्डित सेसनमा रहनेछन्, त्यसको सहजीकरण सुरज सुवेदीले गर्छन् ।
यस्तै सिनेमा अनुभवबारे भुवन केसी र गौरी मल्लले आफ्ना विचार राख्नेछन् । सन्जोग बस्यालले उक्त सेसनलाई सहजीकरण गर्ने आयोजक चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी ‘राष्ट्रिय’ पुरस्कारबाट रमेश रुछेन राई पुरस्कृत
-
पहिचान खुल्ने डरले एचआइभी सङ्क्रमित टाढाको अस्पताल पुगेर सेवा लिन्छन्
-
यात्रुवाहक बसबाट खैरो हेरोइनसहित दुई जना भारतीय पक्राउ
-
समृद्धिको आधार राष्ट्रिय परिचयपत्र र त्यसभित्रका तथ्याङ्क
-
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
-
थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै, स्थानीयवासीमा उत्साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण