घट्यो आलु/प्याजको आयात, आलुमा ४ अर्ब बाहिरिँदा प्याजमा १ अर्ब बाहिरियो
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा विदेशबाट अर्बौ रुपैयाँको आलु र प्याज भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि पुस महिनासम्मको अवधिमा अर्बौ रुपैयाँभन्दा धेरैको आलु र प्याज भित्रिएको हो ।
तथ्यांकअनुसार यस अवधिमा ४ अर्ब ९ करोड ४० लाख रुपैयाँभन्दा धेरैको आलु आयात भएको छ । यस अवधिमा १६ करोड २० लाख किलोग्रामभन्दा धेरै आलु आयात हुँदा राज्य कोषमा १ अर्ब १ करोड रुपैयाँ संकलन भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने आलुको आयात घटेको देखिएको छ । गत आर्थिक वर्षको ६ महिनाको अवधिमा ५ अर्ब ३९ करोड रुपैयाँको आलु आयात भएको थियो । जुन, चालू वर्षको सोही अवधिको तुलनामा १ अर्ब ३० करोड रुपैयाँले बढी हो ।
यस्तै, यही अवधिमा १ अर्ब ९१ करोड रुपैयाँभन्दा धेरैको प्याज भित्रिएको छ । यस अवधिमा ४ करोड ६१ लाख किलोग्राम प्याज आयात हुँदा राज्य कोषमा ४७ करोड ३६ लाख रुपैयाँ जम्मा भएको तथ्यांक छ ।
प्याजको आयातमा समेत भारी गिरावट आएको भन्सार विभागको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार गत आर्थिक वर्षको ६ महिनाको अवधिमा ३ अर्ब १५ करोड रुपैयाँको प्याज भित्रिएको थियो । जुन, चालू वर्षको तुलनामा १ अर्ब २४ करोडले बढी हो ।
चालू आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री डा. प्रकाशसरण महतले आलु र प्याजमा भ्याट लगाएका थिए । उनले वार्षिक ५० लाख रुपैयाँभन्दा बढीको कारोबारमा भ्याट लाग्ने व्यवस्था गरेका थिए । यो व्यवस्थाको व्यापक आलोचना भएको थियो । तीव्र आलोचनापछि आन्तरिक राजश्व विभागले फिर्ता लिएको विज्ञप्ति जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्ट नेतालाई जनस्तरबाटै बहिष्कार गर्न प्रभु साहको आह्वान
-
हवाई आक्रमणमा परी कम्तीमा २३ जना सुडानी नागरिकको मृत्यु, ४० घाइते
-
मुम्बई इन्डियन्सद्वारा महेला जयवर्धने मुख्य प्रशिक्षकमा नियुक्त
-
सबैभन्दा शक्तिशाली रकेट स्टारशिपको पाँचौँ परीक्षण सफल
-
स्कटल्याण्डलाई हराउँदै इंग्ल्याण्ड शीर्ष स्थानमा
-
भाइरल ज्वरो तथा डेंगुका बिरामी बढे, अस्पतालको भुईँमा राखेर उपचार