रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक भारतीय नागरिकसहित २ जनाको मृत्यु
सोमबार, ०८ माघ २०८०, १० : ४८
बुटवल । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–३ महिलवार पडरिया सडक खण्डको लंकापुरमा आज बिहान भएको दुर्घटनामा दुई जनाको ज्यान गएको हो ।
लु ५८ प २७२८ र यूपी ५५ बल १११२ नम्बरको भारतीय मोटरसाइकल एक आपसमा ठोक्किँदा एक भारतीयसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ टोल हथिहवा बस्ने ४५ वर्षका शिवकुमार यादव र भारत सिद्धार्थनगरका २४ वर्षीय धीरज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिए ।
उनीहरूको शव पोस्टमार्टम गरी रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी सङ्गठनको संरचना हटाउने विषयमा त्रिविकै निकायबिच मतभिन्नता
-
हालान्डको नर्वेलाई रोक्ने आइभोरी कोस्टको नयाँ हतियार
-
सेयर बजारमा २४.६३ अंकको गिरावट, नेप्से २६ सय नजिक
-
एक महिनासम्म किन केन्द्रमा पुगेन कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवरण ?
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
-
सिलिचोङमा पहिरो : विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरूद्ध, ६ सय घर अन्धकारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण