रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक भारतीय नागरिकसहित २ जनाको मृत्यु
सोमबार, ०८ माघ २०८०, १० : ४८

बुटवल । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–३ महिलवार पडरिया सडक खण्डको लंकापुरमा आज बिहान भएको दुर्घटनामा दुई जनाको ज्यान गएको हो ।
लु ५८ प २७२८ र यूपी ५५ बल १११२ नम्बरको भारतीय मोटरसाइकल एक आपसमा ठोक्किँदा एक भारतीयसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ टोल हथिहवा बस्ने ४५ वर्षका शिवकुमार यादव र भारत सिद्धार्थनगरका २४ वर्षीय धीरज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिए ।
उनीहरूको शव पोस्टमार्टम गरी रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'महाराजधिराज'मा जोडिइन् उषा
-
चिनियाँ राजदूत चेन सोङद्वारा विद्यार्थीलाई छात्रवृत्ति वितरण
-
रास्वपाले कांग्रेस समक्ष प्रस्तुत ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन वानेश्वरमा विपक्षी दलहरूको बैठक
-
विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्याए क्षति न्यूनीकरण गर्न सकिन्छ : सभामुख
-
रौतहटमा लुटपाट गर्ने गिरोहका दुई जना पक्राउ
-
तीनकुने घटनामा घाइते खत्रीलाई सहयोग रकम हस्तान्तरण