खेलकुद सामाग्रीको आयातमा कति रुपैयाँ बाहिरिन्छ ?

काठमाडौँ । विदेशबाट वार्षिकरुपमा अर्बौ रुपैयाँको खेलकुद सामाग्री आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा मात्रै विदेशबाट करोडौं रुपैयाँ बराबरको खेलकुद सामाग्री भित्रिएको तथ्यांक सार्वजनिक भएको छ ।
नेपालमा खेलिने फुटबल, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन, लङ–टेनिस जस्ता बल र यी खेलमा प्रयोग हुने सामाग्री समेत आयात हुन्छन् । यस्तै, भिडियो गेम खेल्न प्रयोग हुने मेसिनरी, स्नो–स्कि, स्कि, वाटर स्कि, गल्फ लगायतका सामाग्री आयातमा समेत लाखौं र करोडौं बाहिरिने गरेको छ ।
६ महिनाको अवधिमा तास आयातमा मात्रै १९ करोड ५१ लाख रुपैयाँ बाहिरिएको छ । यस्तै, भिडियो गेम खेल्न प्रयोग गरिने सामाग्री आयातमा १ करोड ७२ लाख बाहिरिँदा भिडियो गेम खेल्न प्रयोग गरिने सामाग्रीको आयातमा १ करोड ९४ लाख रुपैयाँ बाहिरिएको छ ।
स्नो–स्किमा प्रयोग हुने सामाग्रीको आयातमा ३ लाख १२ हजार बाहिरिँदा नर्मल स्किमा प्रयोग हुने बोर्ड आयातमा १ लाख ९३ हजार रुपैयाँ बाहिरिएको छ । यस्तै, १४ लाख २८ हजारको वाटर स्किको सामाग्री आयात भएको छ । यस्तै, गल्फ खेलमा प्रयोग हुने सामाग्री र वस्तुको आयातमा १० लाख बाहिरिएको तथ्यांक छ ।,
१ करोड २ लाख रुपैयाँभन्दा बढीको टेबल टेनिल खेलमा प्रयोग हुने सामाग्रीको आयात भएको छ । यस्तै, २३ लाखको लङ टेनिस, १३ करोड २३ लाख रुपैयाँभन्दा बढीको ‘इन्फ्लाटेबल’ बल आयात भएको छ भने ११ करोड २० लाखभन्दा बढीको बल (टेनिस, गल्फ) आयात भएको छ । यसबाहेक, १ करोड २३ लाख रुपैयाँभन्दा बढीको आइस स्केट्स (बोर्डसहित सामाग्री) आयात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता