सीजीलाई किर्ते दाबी भुक्तानी दिने युनाइटेडको अग्नि बीमा रोकियो
काठमाडौं–अन्ततः युनाइटेड इन्सुरेन्सले अग्नि बीमा गर्न नपाउने भएको छ ।
सीजी इलेक्ट्रोनिक्सलाई २४ करोड रुपियाँ बढी दाबी भुक्तानी दिएको प्रमाणित भएपछि बीमा समितिले युनाइटेडको अग्नि बीमा रोेकेको हो ।
बीमा समितिले शुक्रबार (चैत ३०) युनाइटेड इन्सुरेन्सलाई अग्नि बीमा बन्द गर्न भन्दै पत्र पठाएको बीमा समिति स्रोतले जनाएको छ ।
युनाइटेडले किर्ते दाबी भुक्तानी गरेको प्रमाणित भएपछि अग्नि बीमा रोकिने डरले चैत १८ गते सर्वोच्चमा मुद्दा दायर गरेको थियो ।
नक्कली दाबीमा २४ करोड भुक्तानी दिने युनाइटेड इन्सुरेन्स आन्तरिक किचलोमा, १२७ कर्मचारीको राजीनामा
तर, उच्च अदालत पाटनबाट युनाइटेडले किर्ते दाबी गरेको ठहरसहित केही समयअघि बीमा समितिलाई निर्णयको पूर्णपाठ पठाएको थियो ।
त्यही निर्णयको कार्यान्वयनका लागि (अदालतको निर्णय बमोजिम) समितिले युनाइटेडको अग्नि बीमामा रोक लगाएको हो ।
बीमा समितिका एक अधिकारीले कम्पनीको सुशासनको अवस्था सन्तोषजनक नभएसम्मको लागि अग्नि बीमा रोकेको बताएका छन् ।
सिजी इलेक्ट्रोनिक्सले बीमा दाबीमा २४ करोड किर्ते गरेको ठहर
अब कम्पनीले आफू सुशासित रहेको आधारसहित बीमा समितिलाई चित्त बुझाउन सकेमा मात्र अग्नि बीमा खोलिने देखिएको छ ।
२०६९ असोजमा सतुङ्गल गोदाममा आगो लागेपछि सर्भेयर र अन्डरराइटरले अग्नि बीमा अन्तर्गत ५८ करोड क्षति भएको प्रमाणित गरेको थियो ।
सोहीअनुसार युनाइटेड इन्सुरेन्सले विभिन्न समयमा ३४ करोड दाबी भुक्तानी गरेको र २४ करोड रुपियाँ बैङ्क ग्यारेन्टी गरेको थियो ।
२४ करोडको ‘हाइप्रोफाइल’ बीमा ‘ठगी’ : सर्वोच्च पुग्यो युनाइटेड इन्सुरेन्स
बीमा दाबी गर्ने सीजी इम्पेक्स, ईओए, सीजी इलेक्ट्रोनिक्स विनोद चौधरीले नेतृत्व गरेको चौधरी समूहको पूर्ण स्वामित्वको कम्पनी हो भने दाबी भुक्तानी दिने युनाइटेड इन्सुरेन्स चौधरीको झण्डै २७ प्रतिशत सेयर स्वामित्व भएको कम्पनी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण