सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालबाट साढे ४६ करोडको खोटो निर्यात

बुधबार, १० माघ २०८०, १५ : ५०
बुधबार, १० माघ २०८०

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनाको अवधिमा नेपालबाट ४६ करोड ४९ लाख रुपैयाँको सल्लाको खोटो निर्यात भएको छ । 

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुस महिनासम्मको अवधिमा साढे ४६ करोड रुपैयाँ बराबरको खोटो निर्यात भएको हो ।

नेपालबाट ३ वटा श्रेणीमा खोटो निर्यात हुने गरेको छ । तथ्यांकअनुसार प्रशोधित र कच्चा गरी तीन वटा श्रेणीमा खोटो निर्यात हुने गरेको छ । प्रशोधित खोटो करिब ८ करोड रुपैयाँको निर्यात हुने गरेको र बाँकी खोटो कच्चारुपमा निर्यात हुने गरेको छ ।

नेपालबाट निर्यात हुने सबै खोटो भारतीय बजारमा जाने गरेको छ । जापानमा समेत जाने गरेको तथ्यांक रहेपनि त्यो न्यूनमात्रामा छ । चालू वर्षको ६ महिनाको अवधिमा नै आधा अर्ब रुपैयाँ आसपासको खोटो निर्यात भएको छ । यसले वर्षेनी नेपालबाट अर्ब रुपैयाँभन्दा माथिको खोटो निर्यात हुने देखाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप