नेपालबाट साढे ४६ करोडको खोटो निर्यात
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनाको अवधिमा नेपालबाट ४६ करोड ४९ लाख रुपैयाँको सल्लाको खोटो निर्यात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुस महिनासम्मको अवधिमा साढे ४६ करोड रुपैयाँ बराबरको खोटो निर्यात भएको हो ।
नेपालबाट ३ वटा श्रेणीमा खोटो निर्यात हुने गरेको छ । तथ्यांकअनुसार प्रशोधित र कच्चा गरी तीन वटा श्रेणीमा खोटो निर्यात हुने गरेको छ । प्रशोधित खोटो करिब ८ करोड रुपैयाँको निर्यात हुने गरेको र बाँकी खोटो कच्चारुपमा निर्यात हुने गरेको छ ।
नेपालबाट निर्यात हुने सबै खोटो भारतीय बजारमा जाने गरेको छ । जापानमा समेत जाने गरेको तथ्यांक रहेपनि त्यो न्यूनमात्रामा छ । चालू वर्षको ६ महिनाको अवधिमा नै आधा अर्ब रुपैयाँ आसपासको खोटो निर्यात भएको छ । यसले वर्षेनी नेपालबाट अर्ब रुपैयाँभन्दा माथिको खोटो निर्यात हुने देखाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण