सुस्ताको समस्या देशकै समस्या हो : सभामुख घर्तीमगर
बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुल बहादुर घर्तीमगरले सुस्ताको समस्या देशकै समस्या भएको बताएका छन् ।
बुधबार नवलपरासी जिल्लाको सुस्तामा सुस्ता बचाउ अभियानका अभियन्ता स्वर्गीय गोपाल प्रसाद गुरुङको प्रथम स्मृति कार्यक्रममा बोल्दै सभामुख घर्ती मगरले सुस्तामा बसेका नागरिकहरूको समस्या राष्ट्रिय समस्याका रुपमा लिएर समाधान गर्नुपर्ने बताए । उनले सुस्ताको लालपुर्जा र नागरिकताको समस्या संघीय सरकारले टुग्याउनुपर्ने बताए ।
सभामुख घर्तीमगरले देशको अधिकांश सीमामा समस्या रहेको भन्दै सुस्ता सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील स्थान भएको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद देवकरण कलवारले सुस्ताको विकास र शान्ति कायम गर्नका लागि सवै लाग्नुपर्ने बताए । सुस्तामा सडक निर्माण, जनता आवास कार्यक्रम चलिरहेको उनले बताए ।
सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले दशगजा नभएका कारण जग्गा नाप्न रोकिएको भन्दै संघीय सरकारले यस विषयमा चासो लिनुपर्ने बताए ।
युवा अभियन्ता योगेन्द्र गौतमले स्वर्गीय गुरुङले सामाजिक रुपान्तरण र सुस्ता बचाउन गरेको अभियानका बारेमा चर्चा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित सप्तरीबाट एक जना पक्राउ
-
विद्यार्थी सङ्गठनको संरचना हटाउने विषयमा त्रिविकै निकायबिच मतभिन्नता
-
हालान्डको नर्वेलाई रोक्ने आइभोरी कोस्टको नयाँ हतियार
-
सेयर बजारमा २४.६३ अंकको गिरावट, नेप्से २६ सय नजिक
-
एक महिनासम्म किन केन्द्रमा पुगेन कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवरण ?
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण