सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

भन्सार विभागका निर्देशक हरिहर पौडेललाई चेम्बरको सम्मान

बिहीबार, ११ माघ २०८०, १३ : २५
बिहीबार, ११ माघ २०८०

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ७२ औँ अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक हरिहर पौडेललाई सम्मान गरेको छ । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले निर्देशक पौडेललाई सम्मान गरेको जनाएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्ल र राजश्व सचिव राम प्रसाद घिमिरेले प्रमाणपत्र सहित निर्देशक पौडेललाई सम्मान गरे । 

भन्सार विभागमा रहेर उत्कृष्ट सेवा प्रवाह गरेकाले पौडेललाई ७२ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको अध्यक्ष मल्लले बताए ।  भन्सार प्रशासन सुधारमा उल्लेख्य भूमिका निर्वाह गरेका पौडेललाई सम्मान गरिएको अध्यक्ष मल्लले जानकारी दिए । 
सम्मान कार्यक्रममा राजश्व सचिव घिमिरेले अर्थतन्त्रमा पछिल्लो समय सुधारका संकेतहरु देखिन थालेको बताए । व्यापारमुखी अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्र तर्फ जानुपर्ने र यसका लागि सहजीकरण गर्ने काम भईरहेको उनको भनाइ छ । 
भन्सार दिवसका अवसर पारेर चेम्बरले प्रत्येक वर्ष भन्सार विभागका उत्कृष्ट एक कर्मचारीलाई सम्मान गर्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप