सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रियसभा निर्वाचन

कोशीमा सत्ता गठबन्धनलाई धक्का, महिलातर्फ एमाले विजयी

बिहीबार, ११ माघ २०८०, १६ : ४३
बिहीबार, ११ माघ २०८०

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा सत्ता गठबन्धनलाई धक्का लागेको छ । आज भएको निर्वाचनमा महिलातर्फ एमालेका रुक्मिणी कोइराला गठबन्धनका उम्मेदवार चम्पा कार्कीलाई हराउँदै विजयी भएकी हुन् ।

रूक्मणि कोइराला ५०८६ मतसहित विजयी हुँदा गठबन्धनका तर्फबाट माओवादीका चम्पा कार्कीले ४९९२ मत मात्र पाएकी छन् । 

कोशीमा १७ जना स्थानीय तहका गठबन्धनका प्रतिनिधि ३ जना प्रदेश सांसद फलोर क्रस गरेर एमाले उम्मेदवारलाई भोट दिएपछि गठबन्धनका उम्मेदवार कार्की पराजित भएकी हुन् ।

यद्यपि निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप