रुसी आक्रमणमा परी युक्रेनमा मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
कीएभ । युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसी क्षेप्यास्त्र आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।
युक्रेनको राजधानी कीएभ र उत्तरपूर्वी खार्किभसहित विभिन्न स्थानमा सोमबार बिहान रुसी क्षेप्यास्त्र प्रहार हुँदा १०० भन्दा बढी घाइते हुनुका साथै कम्तीमा १८ जनाको मृत्यु भएको छ ।
खार्किभ अभियोजकको कार्यालयले शुक्रबार ६१ वर्षीया एक महिलाको मृत्यु भएको र उक्त सहरमा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको जनाएको छ ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कडा प्रतिकार गर्ने प्रतिबद्धता जनाएका छन् ।
रूसको नियन्त्रणमा रहेको डोनेट्स्क क्षेत्रमा युक्रेनी अधिकारीहरूले बिहीबारको रुसी आक्रमणमा परी छ जना घाइते भएको बताएका छन् ।
दक्षिणी क्षेत्रका गभर्नर ओलेक्सान्डर प्रोकुदिनले एस–३०० क्षेप्यास्त्र आक्रमणमा परेर खेरसनमा एक व्यक्ति घाइते भएको बताए ।
उनले सन् २०२२ को अधिकांश समय रुसी सेनाको नियन्त्रणमा रहेको उक्त सहरको अग्लो आवासीय भवन र घरहरूमा क्षति पुर्याएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।
रूसले बारम्बार आवासीय क्षेत्रलाई लक्षित गरेको अस्वीकार गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२२ को फेब्रअरीयता यूक्रेनमा कम्तीमा १० हजार सर्वसाधारण मारिएका छन् ।
रूसले आक्रमण गरेको करिब दुई वर्षयता पूर्व र दक्षिणमा रहेका युद्धग्रस्त तथा अग्रपङ्तीका सहर र सहर नजिकका ग्रामिण इलाकामा दैनिक गोलाबारी हुने गरेको छ ।- (रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण