नेपालबाट ५ करोड २३ लाखको गुट्खा र खैनी निर्यात
शनिबार, १३ माघ २०८०, १५ : ०१

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा नेपालबाट ५ करोड २३ लाख ४७ हजार रुपैयाँको गुट्खा र खैनी निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउनदेखि पुससम्मको अवधिमा उक्त मूल्य बराबरको जर्दा, गुट्खा र खैनी निर्यात भएको हो ।
यस अवधिमा ८५ हजार ८९६ किलोग्राम खैनी, गुट्खा र जर्दा निर्यात भएको छ । नेपालबाट विश्वका ५ वटा देशमा यी वस्तुको निर्यात हुँदै आइरहेको छ । जसमध्ये मलेसियामा ३ करोड ८ लाख ७० हजार रुपैयाँको निर्यात भएको छ ।
यस्तै, इण्डोनेसियामा १ करोड ६५ लाख रुपैयाँको र जापानमा ३५ लाख तथा इजरायलमा १० लाख रुपैयाँको निर्यात भएको तथ्यांक छ । यसबाहेक, रोमानियामा ३ लाख १४ हजार रुपैयाँको यी वस्तु निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैङ्कमा कार्यकारी निर्देशकको हेरफेर, भर्खरै बढुवा भएका रावललाई सुपरिवेक्षणको जिम्मा
-
गभर्नर पौडेलविरूद्धको रिट हेर्न नभ्याइने
-
यु - १६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीद्वारा सुदूरपश्चिम पराजित
-
मनसुनजन्य विपद्लाई ध्यान दिँदै बागमती नदीमा गेग्रान हटाउने काम भइरहेको छ : मन्त्री सिंह
-
भरतपुर महानगर र ताराखोला गाउँपालिकाबिच भगिनी सम्बन्ध
-
‘अपाङ्गता ऐन कार्यान्वयनका लागि पहल गरिने’