नेपालबाट ५ करोड २३ लाखको गुट्खा र खैनी निर्यात
शनिबार, १३ माघ २०८०, १५ : ०१
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा नेपालबाट ५ करोड २३ लाख ४७ हजार रुपैयाँको गुट्खा र खैनी निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउनदेखि पुससम्मको अवधिमा उक्त मूल्य बराबरको जर्दा, गुट्खा र खैनी निर्यात भएको हो ।
यस अवधिमा ८५ हजार ८९६ किलोग्राम खैनी, गुट्खा र जर्दा निर्यात भएको छ । नेपालबाट विश्वका ५ वटा देशमा यी वस्तुको निर्यात हुँदै आइरहेको छ । जसमध्ये मलेसियामा ३ करोड ८ लाख ७० हजार रुपैयाँको निर्यात भएको छ ।
यस्तै, इण्डोनेसियामा १ करोड ६५ लाख रुपैयाँको र जापानमा ३५ लाख तथा इजरायलमा १० लाख रुपैयाँको निर्यात भएको तथ्यांक छ । यसबाहेक, रोमानियामा ३ लाख १४ हजार रुपैयाँको यी वस्तु निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण