सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्से सूचक १० अङ्कले बढ्यो, ३ अर्ब ८३ करोडको कारोबार

आइतबार, १४ माघ २०८०, १५ : ५०
आइतबार, १४ माघ २०८०

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से सूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक १०.३७ अङ्कले बढ्दै २ हजार ९४.४६ अङ्कमा उक्लिएको हो । 

अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक १०.२५ अङ्कले घट्दै २ हजार ८४.०४ अङ्कमा झरेर बजार बन्द भएको थियो । 

आज बैङ्किङ, होटल तथा पर्यटन, म्यानु एन्ड प्रो र म्युचुअल फन्ड बाहेक ९ वटा उपसूचक धनात्मक भएका छन् । हाइड्रोपावर समूहको उपसूचक आज सबैभन्दा बढी १.३३ प्रतिशतले बढेको छ भने अन्य समूहको उपसूचक १.३२ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको उपसूचक १.२२ प्रतिशतले र इन्भेस्टमेन्ट समूहको उपसूचक ०.९३ प्रतिशतले बढेको छ । 

यसै गरी फाइनान्स समूहको उपसूचक ०.८२ प्रतिशतले बढ्दा बैङ्किङ समूहको उपसूचक ०.०९ प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक १.८६ प्रतिशतले, म्यानु एन्ड प्रो समूहको उपसूचक ०.४९ प्रतिशतले र म्युचुअल फन्ड समूहको उपसूचक ०.०४ प्रतिशतले घट्न पुगेको छ । 

समग्रमा १० अङ्कले नेप्से सूचक बढेको बजारमा आज ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख ५१ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप