नेप्से सूचक १० अङ्कले बढ्यो, ३ अर्ब ८३ करोडको कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से सूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक १०.३७ अङ्कले बढ्दै २ हजार ९४.४६ अङ्कमा उक्लिएको हो ।
अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक १०.२५ अङ्कले घट्दै २ हजार ८४.०४ अङ्कमा झरेर बजार बन्द भएको थियो ।
आज बैङ्किङ, होटल तथा पर्यटन, म्यानु एन्ड प्रो र म्युचुअल फन्ड बाहेक ९ वटा उपसूचक धनात्मक भएका छन् । हाइड्रोपावर समूहको उपसूचक आज सबैभन्दा बढी १.३३ प्रतिशतले बढेको छ भने अन्य समूहको उपसूचक १.३२ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको उपसूचक १.२२ प्रतिशतले र इन्भेस्टमेन्ट समूहको उपसूचक ०.९३ प्रतिशतले बढेको छ ।
यसै गरी फाइनान्स समूहको उपसूचक ०.८२ प्रतिशतले बढ्दा बैङ्किङ समूहको उपसूचक ०.०९ प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक १.८६ प्रतिशतले, म्यानु एन्ड प्रो समूहको उपसूचक ०.४९ प्रतिशतले र म्युचुअल फन्ड समूहको उपसूचक ०.०४ प्रतिशतले घट्न पुगेको छ ।
समग्रमा १० अङ्कले नेप्से सूचक बढेको बजारमा आज ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख ५१ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण