टाइगर प्यालेस रिसोर्टले बुझायो बक्यौता, पुनः क्यासिनो सञ्चालनको तयारी
काठमाडौँ । रुपन्देहीको तिलोत्तमामा रहेको टाइगर प्यालेस रिसोर्टले विगतमा सञ्चालित क्यासिनोको बक्यौता बुझाएको छ। बक्यौता रकम बुझाएपछि अबको दुई हप्तामा क्यासिनो पुनः सञ्चालन गर्ने तयारी गरेको छ।
टाइगर प्यालेसमा क्यासिनो सञ्चालन गर्दै आएको एसएचएल म्यानेजमेन्ट सर्भिसेस प्रालिले २५ करोड ६० लाख रुपैयाँ बक्यौता बुझाएको हो। बक्यौता बुझाएसँगै टाइगर प्यालेसमा क्यासिनो सञ्चालनको बाटो खुलेको पर्यटन विभागले जनाएको छ । ।
एसएचलएल म्यानेजमेन्ट सर्भिसेज प्रालिले २०७७/७८ देखि बक्यौता तिरेको थिएन। एसएचएल कम्पनी पनि आफूहरूले लिएको र कम्पनी मार्फत बक्यौता बुझाएको टाइगर प्यालेस रिसोर्टका अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिए।
बक्यौता बुझाएपछि टाइगर प्यालेसमा छिट्टै क्यासिनो सञ्चालन हुने सुवेदीले बताए। उनले फेब्रुअरी १४ देखि क्यासिनो पुनः सञ्चालनको तयारी गरिरहेको बताए । यो क्यासिनो भारतीय ग्राहकहरूका लागि लक्षित रहेको बताइएको छ । रिसोर्टबाट १५ किलोमिटर दुरीमा सुनौली नाका रहेको छ।
टाइगर प्यालेस विगतमा अस्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुपले चलाएको थियो । कोभिड लगायतका विभिन्न कारणले रिसोर्ट लामो समय सङ्कट थियो। पछिल्लो समय टाइगर प्यालेसको स्वामित्व अमेरिकामा रहेका नेपालीहरूको कम्पनी हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले खरिद गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हलिउड निर्देशक कार्ल एरिकलाई साढे दुई वर्षकाे जेल सजाय
-
बोलेकै आधारमा सुकुमबासीलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान
-
मन्त्री रावल र मधेसका मुख्यमन्त्री यादवबिच भेटवार्ता
-
‘गोल मेसिन’ हालान्डलाई आइभोरी कोस्टले रोक्न सक्ला ?
-
अमेरिकी सर्वोच्च अदालतले बढायो ट्रम्पको अधिकार
-
भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण