सिन्दुरले रङ्गियो मध्यपुर, तस्विरमा हेर्नुहोस्
भक्तपुर । प्रत्येक वर्ष नयाँ वर्षको शुरुवातमा मध्यपुरथिमिमा सिन्दुर जात्रा मनाइने गरिन्छ । बिस्केट जात्राको अवसर पारेर मनाइने ३२ खटको सिन्दुर जात्रा यो वर्ष पनि भव्यताका साथ मनाइएको हो ।
मध्यपुरथिमिमा मात्र मनाइने विभिन्न जात्रा मध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा प्रसिद्ध जात्रा माध्ये एक हो ।
केही वर्षअघिसम्म ३२ खट नगरपरिक्रमा गराउने भने पनि यसवर्ष २६ वटामात्र रहेको स्थानीयले जनाएको छ ।
मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराक बाली अबिर जात्रा गरी मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर छर्ने, फूल बसाएर स्वागत गर्ने प्रचलन छ ।
जात्रामा का“याबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकापसमा अबिर दलेर नगरपरिक्रमा गर्ने परम्परा छ ।
अबिर जात्रामा बालकुमारी, कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको छ । सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरु सहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा शुरु हुन्छ ।
परम्परा अनुसार नै देवता लाय्कू दरबार भित्र पस्न नपाउन भनेर लायकू प्रवेश द्वारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गणहरु बाटो छेकेर बस्ने परम्परा रहेको छ ।
जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा अबिर खेल्दै बाजागाजा सहित अबिर जात्रा मनाइने चलन रहेको छ ।
आइतबार दिउँसो मध्यपुरथिमीको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ ।

यसलाई स्थानिय नेवारी भाषामा द्यो सगं बिइगु भनिन्छ । नेपाल सम्वत २६८ अर्थात लिच्छवी कालभन्दा अगाडिदेखि राजाजगत ज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको ईतिहासमा उल्लेख छ ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण