साहित्यकार अनु शाहलाई अनेसास नवरत्न पुरस्कार
बोस्टन । साहित्यकार गीतकार कवि तथा चलचित्र निर्माता अनु शाहलाई अनेसास नवरत्न पुरस्कार प्रदान गरिएको छ। नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा अतुलनीय योगदान पुर्याए बापत उनलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नवरत्न पुरस्कारले सम्मानित सम्मान गरिएको हो ।
साहित्यकार शाहलाई नगद दुई सय पचास डलरसहित सम्मानपत्रबाट सम्मानित गरिएको छ । अनेसास केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजा, अनेसास केन्द्रीय महासचिव विमला निरौला, अनेसास ट्रस्टी, पुरस्कार समितिका सदस्य, साहित्यकार कवि तथा वरिष्ठ समाजसेवी ईश्वरीप्रसाद भट्ट, साहित्यकार, समाजसेवी मोहन निरौला तथा कवि दीपा राई पुन द्वारा शाहलाई उक्त नगद पुरस्कार सहितको सम्मान हस्तान्तरण गरिएको थियो।
अनेसास नवरत्न पुरस्कार अनु शाह (साहित्य–बोस्टन) लगायत प्रभा आचार्य (साहित्य–कोलोराडो), ज्योति राई (समाजसेवा–न्यूयोर्क), मञ्जु कार्की सङ्ग्रौला (डिसी–समाजसेवा), माया गुरूङ (साहित्य–बेलायत), रीतादेवी प्रधान (क्यालिफोर्निया–साहित्य), शान्ता घिमिरे (न्यूजर्सी–साहित्य), डा. संगीता स्वेच्छा (साहित्य–बेलायत) र सुनिता डङ्गोल (उपमेयर–काठमाडौँ, समाजसेवा) लाई प्रदान गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण