आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेस नेता तथा पूर्वमन्त्री केशव बुढाथोकीकाे निधन

मङ्गलबार, २३ माघ २०८०, ०८ : १६
मङ्गलबार, २३ माघ २०८०

झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा सोमबार राति उनको मृत्यु भएको हो ।

नेता बुढाथोकीको ८० वर्षको उमेरमा सोमबार राति उपचारका क्रममा निधन भएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जनाएका छन्। ‘हक्की स्वभावका नेता बुढाथोकीको बिदाइले पूर्वी नेपाल खासगरी झापाको भूमिमा उहाँको ठुलो रिक्तता अनुभूति हुनेछ । उहाँका योगदानहरू हामी सदैव स्मरण गरिरहने छौँ,’ महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

बुढाथोकी लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित थिए । पछिल्लो समय मिर्गौलामा समस्या आएका कारण उपचार गराइरहेका थिए । लामो राजनीतिक जीवनमा उनी सामान्य प्रशासन मन्त्री, जलस्रोत सहायक मन्त्री, राष्ट्रिय पञ्चायत सदस्य, प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति भएका थिए । बुढाथोकीका दुई छोरा र एक छोरी रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप