६ महिनामा १९ अर्बको औषधि र खोप भित्रियो
बुधबार, २४ माघ २०८०, १४ : ०५
काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा १९ अर्ब रुपैयाँको औषधि र खोप नेपाल भित्रिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा १९ अर्ब ९५ करोड ९५ लाख ४८ हजार रुपैयाँ बराबरको औषधि र खोप भित्रिएको हो ।
सो मूल्य बराबर आयात ९५ लाख ९० हजार २८६ किलो औषधि र ३७ लाख ५७ हजार ७५१ पिस खोप आयात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
१६ अर्ब ९० करोड ८९ लाख ५७ हजार रुपैयाँको ९५ लाख ९० हजार २८६ किलो औषधि र ३ अर्ब ५ करोड ५ लाख ९२ हजार रुपैयाँ बराबर ३७ लाख ५७ हजार ७५१ पिस खोप आयात भएको हो ।
सो बापत् सरकारले ९६ करोड २६ लाख १६ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन गरेको छ ।
यी औषधि भारत, अमेरिका, जापान, बेल्जियम, चीन, इन्डोनेसिया, इटाली, पाकिस्तान, अस्ट्रेलिया लगायत विभिन्न मुलुकबाट आयात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण