६ महिनामा १९ अर्बको औषधि र खोप भित्रियो
बुधबार, २४ माघ २०८०, १४ : ०५

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा १९ अर्ब रुपैयाँको औषधि र खोप नेपाल भित्रिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा १९ अर्ब ९५ करोड ९५ लाख ४८ हजार रुपैयाँ बराबरको औषधि र खोप भित्रिएको हो ।
सो मूल्य बराबर आयात ९५ लाख ९० हजार २८६ किलो औषधि र ३७ लाख ५७ हजार ७५१ पिस खोप आयात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
१६ अर्ब ९० करोड ८९ लाख ५७ हजार रुपैयाँको ९५ लाख ९० हजार २८६ किलो औषधि र ३ अर्ब ५ करोड ५ लाख ९२ हजार रुपैयाँ बराबर ३७ लाख ५७ हजार ७५१ पिस खोप आयात भएको हो ।
सो बापत् सरकारले ९६ करोड २६ लाख १६ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन गरेको छ ।
यी औषधि भारत, अमेरिका, जापान, बेल्जियम, चीन, इन्डोनेसिया, इटाली, पाकिस्तान, अस्ट्रेलिया लगायत विभिन्न मुलुकबाट आयात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतारोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील छ : प्रधानमन्त्री
-
टाउको दुखेका बिरामीलाई आइरन चक्की दिइएपछि...
-
प्रतिनिधि सभा बैठक बस्दै नबसी बुधबारसम्मका लागि स्थगित
-
राष्ट्र बैङ्कमा कार्यकारी निर्देशकहरूको हेरफेर, भर्खरै बढुवा भएका रावललाई सुपरिवेक्षणको जिम्मा
-
गभर्नर पौडेलविरूद्धको रिट हेर्न नभ्याइने
-
यु - १६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीद्वारा सुदूरपश्चिम पराजित