सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सेयर बजार

लगातार तेस्रो दिन पनि सेयर बजार बढ्यो, नेप्से सूचक २१ सयको नजिक

बुधबार, २४ माघ २०८०, २३ : ०८
बुधबार, २४ माघ २०८०

काठमाडौँ । सेयर बजारको उकालो यात्रा बुधबार पनि कायमै रहेको छ । यसदिन नेप्से सूचक ४.९२ अंकले बढ्दै २ हजार ९०.६४ अंकमा उक्लिएको हो । अघिल्लो दुई दिन क्रमशः नेप्से सूचक १४.५७ अंक र ९.४४ अंकले बढेको थियो । आज कूल २ अर्ब ८४ करोड २५ लाख ५० हजार रुपैयाँ बराबरको ७७ लाख ३२ हजार कित्ता सेयर बजारमा कारोबार भएको छ । 

सबैभन्दा बढी आज पनि हिमालयन रिइन्स्योरेन्सको २४ करोड ८२ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने रिलाइबल नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ६२ लाख ४७ हजार रुपैयाँ बराबरको र न्यादी ग्रुप पावर लिमिटेडको ६ करोड ५९  लाख ३४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

आज २४७ वटा कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएकोमा १६८ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको मूल्य घटेको छ । ११ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

आज बैंकिङ, डेभलपमेन्ट बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, जीवन बीमा र मुचुअल फन्ड समूहको उपसूचक धनात्मक भएका छन् भने फाइनान्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, निर्जीवन बीमा, ट्रेडिङ र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् । 
४ अंकले नेप्से बढेको यस दिन ४ वटै कम्पनी गुराँस लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त वित्तीय संस्था, बुद्ध भूमी नेपाल हाइड्रोपावर कम्पनी र इस्टर्न हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप