लगातार तेस्रो दिन पनि सेयर बजार बढ्यो, नेप्से सूचक २१ सयको नजिक
काठमाडौँ । सेयर बजारको उकालो यात्रा बुधबार पनि कायमै रहेको छ । यसदिन नेप्से सूचक ४.९२ अंकले बढ्दै २ हजार ९०.६४ अंकमा उक्लिएको हो । अघिल्लो दुई दिन क्रमशः नेप्से सूचक १४.५७ अंक र ९.४४ अंकले बढेको थियो । आज कूल २ अर्ब ८४ करोड २५ लाख ५० हजार रुपैयाँ बराबरको ७७ लाख ३२ हजार कित्ता सेयर बजारमा कारोबार भएको छ ।
सबैभन्दा बढी आज पनि हिमालयन रिइन्स्योरेन्सको २४ करोड ८२ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने रिलाइबल नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ६२ लाख ४७ हजार रुपैयाँ बराबरको र न्यादी ग्रुप पावर लिमिटेडको ६ करोड ५९ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज २४७ वटा कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएकोमा १६८ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको मूल्य घटेको छ । ११ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
आज बैंकिङ, डेभलपमेन्ट बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, जीवन बीमा र मुचुअल फन्ड समूहको उपसूचक धनात्मक भएका छन् भने फाइनान्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, निर्जीवन बीमा, ट्रेडिङ र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् ।
४ अंकले नेप्से बढेको यस दिन ४ वटै कम्पनी गुराँस लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त वित्तीय संस्था, बुद्ध भूमी नेपाल हाइड्रोपावर कम्पनी र इस्टर्न हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण