शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फागुन ३ र ४ गते निमा एकेडेमीले जेन कन्फेरेन्सको आयोजना गर्ने

बुधबार, २४ माघ २०८०, २२ : २७
बुधबार, २४ माघ २०८०

काठमाडौँ । आगामी फागुन ३ र ४ गते काठमाडौँको निमा एकेडेमीले जेन कन्फेरेन्स १.० को आयोजना गर्ने भएको छ । काठमाडौँको ज्ञानेश्वरस्थित हन्च कम्प्लेक्स प्राङ्गणमा उक्त कन्फेरेन्सको आयोजना गर्न लागिएको हो ।

निमा एकेडेमी, एडचेन्ज नेपाल र जियोजेब्रा नेटवर्क अफ नेपालको संयुक्त आयोजनामा हुने कन्फेरेन्स विद्यालयलाई २१औ शताब्दीको प्रगतिशील नमुना विद्यालयको रूपमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुने बताइएको छ । 

निमा एकेडेमीकी कन्भेनर जानकी शर्माका अनुसार सम्मेलनमा २१ औ शताब्दीका सीप तथा चुनौतीहरूका विषयमा छलफल हुनेछ । सो सम्मेलनमा ४ ओटा विधामा विषय विशेषज्ञबाट प्रस्तुति दिइने जनाइएको छ ।

सम्मेलनमा प्रमुख वक्ताको रूपमा थाइल्यान्डको महिडोल विश्वविद्यालयकी एलुमुनाई ओन्ग डी जीन, त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्रोफेसर राजेन्द्र कुँवर र नेपाल खुला विश्वविद्यालयका एसोसिएट प्रोफेसर जीवन खड्का रहने आयोजक पक्षले जनाएको छ ।

सम्मेलनमा सम्पूर्ण विषय शिक्षकहरूलाई लक्षित हुने गरी वर्कसपको डिजाइन समेत गरिएको छ । गणित, कम्प्युटर, विज्ञान लगायतका विषयलाई लक्षित गरेर वर्कसप डिजाइन गरिएको आयोजक पक्षले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप