मेरी प्रिया ढोई
जब ऊ बिलौना गर्दागर्दा
धेरै बेर रोइ
तब हात्तीले भन्यो
मेरी प्रिया ढोई
हामीलाई सोध्दै नसोधी
हामी दम्पती नै उपहार दिएछन्
यो मुटुमा सधैँ दुख्ने गरि
यो कस्तो चोटिलो प्रहार दिएछन्
हाम्रो प्रकृति हाम्रो वासस्थान
जनावरको अधिकार खोइ
मरुभूमिको गर्मीमा जाँदिन भनी
बिचरी साह्रै नै रोइ
हिमाली नदीको स्वच्छ पानी
अब कहाँ खान पाउनु
हे सरकार चिडियाखानामा
थुनेर कष्ट दिएको हेर्न आउनु
सुनिन्थ्यो मान्छेहरू पनि देशका
खाडी मुलुकमा दुःख खेपिरहेछन्
दिनरात तिनका परिवार यता
आश र त्रासमा कुरिरहेछन्
हामी जनावरलाई त झन्
कसले पो माया गर्छ र
त्यो नौलो ठाउँ अनौठो वातावरण
हामीलाई कसरी मन पर्छ र
वनमा रमाउने हामी वन्यजन्तु
हरे त्यो चिडियाघरको बन्धन
त्यहाँको अर्कै खाना त्यहाँको हप्काइ
सम्झिँदै कहालिँदै रुन्छ यो मन
उपहार दिने लिने चाहिँ गफ गर्दै
मजाले खाएछन् पिएछन्
हामीलाई सोध्दै नसोधी
हामी दम्पती नै उपहार दिएछन्
जन्मेको हुर्केको ठाउँ सधैँ
प्यारो हुने रहेछ
नचाहँदा नचाहँदै छोडी जान
यो मन रुने रहेछ
जब ऊ बिलौना गर्दागर्दा
धेरै बेर रोइ
तब हात्तीले भन्यो
मेरी प्रिया ढोई
लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण