बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

दरबार मार्गमा गुञ्जिदै ‘धोकेबाज’ गायिका एलिना

शुक्रबार, २६ माघ २०८०, ११ : १५
शुक्रबार, २६ माघ २०८०

काठमाडौँ । ‘धोकेबाज हौ तिमी’ बोलको गीतबाट चर्चामा छाएकी गायिका एलिना चौहान दरबारमार्गमा गुञ्जिने भएकी छिन् । भ्यालेन्टाइन डेको अवसर पारेर यही माघ २८ गतेका दरबार मार्गको मन्नत प्यालेसमा आयोजना हुन लागेको ‘भ्यालेन्टाइन स्पेशल इभेन्ट’ नामक सांगीतिक कार्यक्रममा उनी गुग्जिने भएकी हुन् ।

कार्यक्रममा गायिका चौहानले धोकेबाज, कट्टा हान्दिन्छु, कुरा काट्ने मान्छेले काटुन, मिनिरल वाटर, इस्टाको फोटो लगायतका करिब आधा दर्जन गीत सुनाउनेछिन् । गायिका एलिनासँगै गायक कर्म ग्याल्जेन र लाइभ व्याण्डको पनि प्रस्तुति रहनेछ । प्रणय दिवसको पूर्व सन्ध्यामा सदा झै नयाँ उमंग नयाँ ठाउँ प्रणय दिवसमा जाउँ भन्ने उदेश्यसहित सांगीतिक साँझ आयोजना हुन लागेको हो ।

कार्यक्रममा माघ २८ गते साँझ ७ बजेदेखि राती साढे १ बजेसम्म चल्ने आयोजक पक्षले जनाएको छ ।  कार्यक्रममा कर्म ग्याल्जेनको पनि प्रस्तुति रहनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप