शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

तीन जनालाई त्रिमूर्ति पुरस्कार

शनिबार, २७ माघ २०८०, १८ : ४३
शनिबार, २७ माघ २०८०

काठमाडौँ । त्रिमूर्ति निकेतनले सत्रौँ त्रिमूर्ति दिवस नाट्यसम्राट बालकृष्ण समको १२२ औँ जयन्तीका अवसर पारेर मनायो । उक्त अवसरमा तीन जना महानुभावलाई त्रिमूर्ति निकेतनका विविध विधाका पुरस्कार प्रदान गरिएको थियो ।

त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईँ, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा.केशव सुवेदी, बालकृष्ण सम फाउन्डेसनका संयोजक मदनदास श्रेष्ठ र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.महादेव अवस्थीले प्रा. मुकुन्दशरण उपाध्याय, हरिबहादुर थापा र जयप्रसाद पाण्डेलाई पुरस्कार प्रदान गरे ।

छ दशकदेखि नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि समर्पित रही शास्त्रीय छन्दकविताको सिर्जना एवम् छन्दकाव्यको प्रचार प्रसार अभियानमा समेत संलग्न भई विशिष्ट योगदानका निम्ति उपाध्यायलाई ‘लेखनाथ पौड्याल पुरस्कार’ प्रदान गरिएको थियो ।

त्यसै गरी नेपाली नाट्यविधाको श्रीवृद्धिमा निरन्तर समर्पित रही अभिनयकलाको महिमा र गरिमालाई उत्कृष्टताको शिखरमा पुर्‍याउन विशिष्ट योगदानका निम्ति थापालाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गरियो ।

विगत छ दशकदेखि काव्यसाधनामा निरन्तर समर्पित रही नेपाली कविताको संवर्द्धन एवम् महाकवि लक्ष्मीप्रसाद देवकोटाका अप्रकाशित कृतिको सम्पादनसमेत गरी प्रकाशन गरेबापत पाण्डेलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिएको थियो । ताम्रपत्रका साथै यी तीनै पुरस्कारका राशि जनही एक लाख रूपैयाँ रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप