सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्से सूचक दोहोरो अंकले घट्यो, ४ अर्ब ८ करोड बराबरको कारोबार

आइतबार, २८ माघ २०८०, १६ : ००
आइतबार, २८ माघ २०८०

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसूचक १० अंकमाथिले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १०.५० अंकले घट्दै २ हजार ८५.८२ अंकमा झरेको हो । अघिल्लो हप्ताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक ५.७४ अंकले बढेर २ हजार ९६.३८ अंकमा अडिएको थियो । 

यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.८९ अंकले घटेर ३७४.७५ अंकमा झरेको नेप्सेले जनाएको छ । 

आज विकास बैंक समूह, हाइड्रोपावर समूह र म्युचुअल फन्ड समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी १० वटा उपसूचक ऋणात्मक भएका छन् । 

यस दिन ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ । 

सबैभन्दा बढी आज हिमालयन रिइन्स्योरेन्स कम्पनीको ६२ करोड ४७ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १२ करोड ४ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

यस दिन समाज लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरुले १० प्रतिशतले कमाएका छन् भने एनआईसी एसिया ग्रोथ फन्ड–२ का लगानीकर्ताहरूले १० प्रतिशतले नै गुमाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप