अमेरिकामा चोरले २०० फिट अग्लो टावर चोरेपछि...
अलाबामा । हामीले प्रायः अनेक खालका चोरीका घटना सुनिरहेका हुन्छौँ । कहिले गर–गहना चोरी त कहिले रुपैयाँ पैसा । कहिले घरका बहुमूल्य सामान वा लत्ता कपडा । चार्नेले त घरका धाराका मिटर वा टुटी पनि चोरिरहेका छन् ।
अमेरिकामा भने अचम्मको चोरीको घटना भएको छ । चोरहरुले २०० फिट अग्लो एउटा टावर नै चोरेका छन् । यो घटना अमेरिकाको अलाबामाको हो । राज्यको जैसपर सहरमा रेडियो स्टेसनको टावर नै बेपत्ता भयो ।
घटना यही महिनाको सुरुको हो । रेडियो स्टेसनको आधिकारिक फेसबुक पेजमा एक अचम्मको घटना रिपोर्ट गरियो । स्टेसनका मालिक ब्रेट एलमोरले लेखेका छन्, ‘हाम्रो रेडियो स्टेसन भएको क्षेत्रमा चोरीचकारी भइरहेको थाहा थियो, तर चोरहरूले जे पनि चोरेर लैजान्छन् भन्ने थाहा थिएन ।’ फेब्रुअरी ३ मा शेयर गरेको एक पोष्टमा एलमोरले भनेका छन् । उनका अनुसार बिहानै स्टेशनका कर्मचारी टावर आसपास सरसफाई गर्न गएका थिए । टावर स्टेसनबाट केही पर मात्रै थिए । तर सधैँ टावर भइरहेको ठाउँमा टावर थिएन । २०० फिट अग्लो टावर पूरै गायब थियो ।
चोरहरुले टावर लगे भनेर सुन्दा शुरुमा एलमोरले पत्याएकै थिएनन् । २०० फिटको टावर पूरै उखेलेर लगेछन् भनेर पत्याउनु पनि कसरी । यो घटनाबारे सुनेर प्रहरी पनि छक्क परेको थियो । टावर चोरी हुँदा उनलाई निकै घाटा भयो । चोरले टावर मात्रै होइन ट्रान्समिटर समेत चोरेर लगे । यी दुईको मूल्य ८० लाख नेपाली रुपैयाँ पर्छ । यसको जडान र अन्य सामान खरिदमा उनले १ करोड ६० लाखभन्दा धेरै खर्च गर्नुपर्नेछ । यस घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ । चोरिएको टावरर लगाउन एलमोरले गो फन्ड मी अभियान सुरु गरेका छन् । अहिलेसम्म टावर चोर फेला परेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण