आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा चोरले २०० फिट अग्लो टावर चोरेपछि...

सोमबार, २९ माघ २०८०, १५ : ५२
सोमबार, २९ माघ २०८०

अलाबामा । हामीले प्रायः अनेक खालका चोरीका घटना सुनिरहेका हुन्छौँ । कहिले गर–गहना चोरी त कहिले रुपैयाँ पैसा । कहिले घरका बहुमूल्य सामान वा लत्ता कपडा । चार्नेले त घरका धाराका मिटर वा टुटी पनि चोरिरहेका छन् । 

अमेरिकामा भने अचम्मको चोरीको घटना भएको छ । चोरहरुले २०० फिट अग्लो एउटा टावर नै चोरेका छन् । यो घटना अमेरिकाको अलाबामाको हो । राज्यको जैसपर सहरमा रेडियो स्टेसनको टावर नै बेपत्ता भयो ।

घटना यही महिनाको सुरुको हो । रेडियो स्टेसनको आधिकारिक फेसबुक पेजमा एक अचम्मको घटना रिपोर्ट गरियो । स्टेसनका मालिक ब्रेट एलमोरले लेखेका छन्, ‘हाम्रो रेडियो स्टेसन भएको क्षेत्रमा चोरीचकारी भइरहेको थाहा थियो, तर चोरहरूले जे पनि चोरेर लैजान्छन् भन्ने थाहा थिएन ।’ फेब्रुअरी ३ मा शेयर गरेको एक पोष्टमा एलमोरले भनेका छन् । उनका अनुसार बिहानै स्टेशनका कर्मचारी टावर आसपास सरसफाई गर्न गएका थिए । टावर स्टेसनबाट केही पर मात्रै थिए । तर सधैँ टावर भइरहेको ठाउँमा टावर थिएन । २०० फिट अग्लो टावर पूरै गायब थियो ।

चोरहरुले टावर लगे भनेर सुन्दा शुरुमा एलमोरले पत्याएकै थिएनन् । २०० फिटको टावर पूरै उखेलेर लगेछन् भनेर पत्याउनु पनि कसरी । यो घटनाबारे सुनेर प्रहरी पनि छक्क परेको थियो । टावर चोरी हुँदा उनलाई निकै घाटा भयो । चोरले टावर मात्रै होइन ट्रान्समिटर समेत चोरेर लगे । यी दुईको मूल्य ८० लाख नेपाली रुपैयाँ पर्छ । यसको जडान र अन्य सामान खरिदमा उनले १ करोड ६० लाखभन्दा धेरै खर्च गर्नुपर्नेछ । यस घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ । चोरिएको टावरर लगाउन एलमोरले गो फन्ड मी अभियान सुरु गरेका छन् । अहिलेसम्म टावर चोर फेला परेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप